वीरगंज, ११ फागुन ।
नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल बुधवार अपरान्ह चितवन गएका थिए ।
बिहीवार हुने आमसभालाई सम्बोधन गर्न अध्यक्षद्वय चितवन पुगेका बेला सर्वाेच्च अदालतले मरुगलवार संसद पुनस्र्थापना गर्ने आदेश सुनायो । सँगै १३ दिनभित्र संसद अधिवेशन बोलाउन भनेको छ ।
अदालतको आदेशवारे सूचना पाएलगत्तै प्रचण्ड र नेपालले एकअर्कालाई लडडु खुवाएका छन् । उनीहरूले कार्यकर्तालाई पनि संसद पुनस्र्थापना भएकोमा बधाई दिएका छन् । बुधवार हुने भनिएको कार्यक्रम अब विजयसभामा परिणत हुने भनिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्