बीरगन्ज, ३० माघ । ओरिया खोलाको बालुवा अवैध रुपमा उत्खनन गरीरहेको अवस्थामा सशस्त्र प्रहरी र भारतीय बालुवा तस्करबिच झडप भएको छ ।
पर्साको जगरनाथपुर गाउँपालिका वडा न. १ पिपडाढीमा ओरिया खोलाको बालुवा उत्खनन गरीरहेको भारतीय ट्याक्टरलाई नियन्त्रणमा लिन खोज्दा भएको झडपमा ५ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।
सशस्त्र प्रहरी आउट पोष्ट पिडारीगुठी र महादेवपट्टीको सयुँक्त टोलीले अवैध रुपमा भइरहेको बालुवा उत्खननलाई रोक्न खोज्दा भारतको गदियानी भंगाहाका स्थानीयहरुले लाठी, भाठा, बेल्चा तथा ढुंगामुढा प्रहार गरेर सशस्त्र प्रहरीलाई आक्रमण गरेका थिए ।
झडपमा घाइते भएका सशस्त्र प्रहरीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएको ट्याक्टर समेत भारतीयले लिएर गएको बताइएको छ ।
ओरिया खोलाको नेपाली भुमी भएपनि भारतीय पक्षले आफ्नो भुमी भन्दै दावी गर्दै आएको छ । साथै उक्त क्षेत्रमा वर्षेनी नेपाली नागरिक र भारतीयविच झडप तथा विवाद हुँदै आएको छ ।
प्रतिक्रिया लेख्नुहोस्