बीरगन्ज, २८ माघ । पर्साको छिपहरमाई र ठोरीमा अवैध रुपमा सञ्चालित मदिरा भट्टी नष्ट गर्नुका साथै १ सय लिटर तयारी मदिरा प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मातहतको इलाका प्रहरी कार्यालय ठोरी र सिमा प्रहरी चौकी भिस्वा बन्जारीबाट खटिएको प्रहरी टोलीले छिपहरमाई गाउँपालिका वडा न. ४ बन्जारी र ठोरी गाउँपालिका वडा न. ५ सुवर्णपुरमा सञ्चालित मदिरा उत्पादन गर्ने ६ वटा भट्टी फुटाई नष्ट गरिएको हो ।
साथै घरेलु मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ १५ सय लिटर, तयारी मदिरा १ सय लिटर र रक्सी बनाउन प्रयोग हुने मेसिन १ थान, ड्रम १० थान र ९० थान भाँडा बर्तन समेत बरामद गरेको पर्सा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्