वीरगंज, ६ फागुन ।
नेपाली कांग्रेस पर्साले प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
कोभिड महामारीको अवस्थामा बन्द रहेका सीमानाकाहरूलाई खोली सहज रूपमा आवतजावत गराउन नेपाल सरकारले निर्णय गरिसकेको भएता पनि वीरगंज–रक्सौललगायत सीमा नाकाहरूमा सहज सवारी साधन सञ्चालन नभएको भन्दै सभापति अजयकुमार द्विवेदीले ज्ञापनपत्र बुझाएका थिए ।
ज्ञापनपत्रमा शीघ्र नाका पूर्ण रूपले सुचारू गर्नुपर्ने माग गर्दै प्र.जि.अ आसमान तामाङलाई ज्ञापनपत्र बुझाइएको थियो । कार्यक्रममा नेकाका किशोरी साह कानू, उपसभापति दीना प्रसाद गुप्ता, सचिव श्याम पटेल पर्सा गढीका मेयर लोक नारायण यादव वीरगंज महानगरपालिकाका उपमेयर शांति कार्कीलगायतको उपस्थिति थियो ।
प्रतिक्रिया लेख्नुहोस्