वीरगंज, १६ फागुन/
बाराको पचरौता नगरपालिका–८ बाट ४५ किलो गाँजासहित एकजनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय, बाराका अनुसार मङ्गलवार राति ११ बजे बारा, पचरौता नगरपालिका–८ बाजोपट्टीनजीकै गाँजा ढुवानी गरिरहेको बारागढी गाउँपालिका–४ पोखरिया बस्ने ५० वर्षीय बाबूलाल चौधरीलाई सुरक्षा प्रहरी वेस क्याम्प लङ्गडाचोकमा खटेको प्रहरीको टोलीले पक्राउ गरेको हो ।
प्रहरीलाई देखेपछि तीनजना फरार भएको र एकजना पक्राउ परेको जिप्रका बाराका प्रवक्ता प्रनाउ गौतम मिश्रले जानकारी गराएका छन् ।
प्रतिक्रिया लेख्नुहोस्