वीरगंज, ७ चैत ।
देशकै आर्थिक नगरी पर्साको वीरगंजमा जेंवना भोजपुरीया सनेसा वीरगंज,पर्साको आयोजनामा होली तथा विश्व कविता कविता दिवसको अवसरमा होटेल कुमु पैलेसमा भव्य साहित्यिक कार्यक्रम सम्पन्न भएको हो ।
संस्थाका वरिष्ठ सल्लाहकार एवम् हास्यव्यांगत्म कवि अशोक कुशवाहाको अध्यक्षतामा एवम् वीरगंज महानगरपालिकाका मेयर विजय सरावगीको प्रमुख आतिथ्यतामा भएको कार्य नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य एवम् वरिष्ठ साहित्यकार उमाशँकर द्विवेदी "दधिचि",वीरगंज महानगरपालीका शिक्षा शाखाका अरबिन्दलाल कर्ण, नेपाल भोजपुरी प्रतिष्ठान बाराका अध्यक्ष एवम् वरिष्ठ साहित्यकार रामप्रसाद साह, बाराका वरिष्ठ साहित्यकार बिक्रम साह,अतिथि श्याम पटेल,तबरेज अहमद,ओमप्रकाश सरार्पm र प्रभु यादव,मानव सेवा आश्रम प्रदेश दुर्ईका देवेश गुप्ता, भोलेन्टियर समुह वीरगंजका राजन श्रीवास्तव लगायतका उपस्थिति रहेको थियो ।
कार्यक्रममा मेयर सरावगीले भोजपुरी भाषाको लागि वीरगंज महानगरपालिका सधैं तत्पर रहने बताए । वीरगंजमा भोजपुरी साहित्य प्रतिष्ठानको गठन भईसकेको र यसको घर बनाउन डिपी आर समेत तयार भईसकेको उनले बताए । प्रदेश नम्बर –२ का मुख्यमन्त्री लालबाबु राउतले शिलान्यास गरेको र अब महानगरपालिका र प्रदेश सरकारको बजेटले वीरगंज भोजपुरी प्रतिष्ठानको भवन निर्माण गर्ने काम तिव्ररूपमा अगाडि बढाईने मेयर मेयर सरावगीले बताए।
उनले अबको शैक्षिक सत्र शुरू हनुभन्दा अगाडि कक्षा १ देखि ५ सम्म भोजपुरी किताब समेत लागू गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । आफ्नो मातृभाषा भोजपुरी नभएपनि अहिले राम्ररी भोजपुरी बोली रहेको छु,मलाई हिन्दी,मारवाडी,नेपाली,अंग्रेजी,अवधि र मैथिली भाषा समेत बोल्न कुनै कठिनाइ नहुने गरेको मेयर सरावगीले बताए । उनले सबैको संरक्षण नीति, नियम बनाएर गर्नुपर्नेमा जोड दिदै यसमा सबैको सहभागीता हुन जरूरी रहेको बताए ।
वरिष्ठ साहित्यकार उमाशँकर द्विवेदी दधिचीले भोजपुरी भाषाको संरक्षणको निम्ति सबै लाग्नुपर्ने बताए । ४० जनाभन्दा बढी स्रष्टाहरूले आफ्ना लेख,रचना,कविता प्रस्तुत गरेका थिए । भोजपुरी विश्वकै अधिकाँश देशमा बोलिने भएकाले यसको संरक्षणका निम्ति सबै लाग्नुपर्ने बेला भएको उपस्थित भएका साहित्यकारहरूले बताएका थिए । जेंवना भोजपुरीया सनेसाका संरक्षक एवम् यूवा कवि राकेश यादव "मितवा"ले गाउँनु भएको भोजपुरी गीत सब केहु के सुन्दर पतोहिया चाहिँ,बेटी केहु के परहेज होए नाहि " गीतले सभा हल गुञ्जमान भएका थिए ।
त्यस्तै कवियत्री अनिता शाहले गाएकीे गजलले सबैलाई मनमुग्ध बनाएका थिए । श्याम प्रसाद गुप्ता,सिपु तिवारी,ज्ञानेन्द्र यादव,महम्मद अंसारी,शिल्पी मिश्रा,ममता यादव,सरिता यादव लगायतले आ –आफ्ना रचना वाचन गरेका थिए भने प्राविधिक सहयोग कमलेश कुश्वाहा र किशन सरार्पmले गरेका थिए, कार्यक्रम सञ्चालन सञ्चालिका प्रिया मिश्राले गरेकि थिईन ।
प्रतिक्रिया लेख्नुहोस्