बारा १९ चैत ।। नेपाल र भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको बाराको तामागढीदेखि सिम्रौनगढ हुलाकी सड्कखण्डको निर्माण सम्पन्न भएको छ ।
सडक खण्डको कोल्हबी नगरपालिकाको नगर प्रमुख भरत बहादुर भण्डारी र हुलाकी आयोजनाको प्रमुख दरोगा साहले संयुक्त रुपमा एक कार्यक्रमकाबीच रिबन काटी उद्घाटन गर्नुभएको छ ।
नेपाल र भारत सरकारको सहयोगमा कुल ८६ करोडको लागतमा निर्माण भएको उक्त मार्गको लम्बाई ३९.७५ प्रतिशत किलोमिटर रहेको छ ।
उक्त मार्गबाट रौतहटको फतुुवा बिजयपुरनगरपालिका, मौलापुर नगरपालिका, बाराको निजगढ, कोल्हबी नगरपालिका, बारागढी गाउँपालिका, आदर्श कोतवाल गाउँपालिका र सिम्रौनगढ नगरपालिका लगायतका जनताहरू लाभान्वित भएका छन् ।
सड्क निर्माणको ठेक्का पप्पु एण्ड जेबि कन्स्ट्रक्सनले लिएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्