वीरगंज १९ चैत्र ।
रेडियो वीरगंजका कार्यकारी अध्यक्ष एवं नेपाल पत्रकार महासंघ पर्सा शाखाका पूर्व उपाध्यक्ष ध्रुव साहले नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ को महासचिव पदमा उम्मेदवारी दिनु भएको छ । मधेश आन्दोलन र मधेशी जनताको जनजीविकाका लागि संचारमाध्यम मार्फत सशक्त रूपमा आवाज उठाउदै आफ्नो छुटै पहिचान बनाउन सफल संचारउद्यमी एवं संचारकर्मी ध्रुव साहको उम्मेदवारीले प्रदेश नम्बर २ का संचारकर्मीहरूका विच तरंग छाएको छ । साहको उम्मेदवारीलाई मधेशी पत्रकार समाज सहित प्रजातन्त्रवादी संचारकर्मीहरूको समर्थन रहेको छ । मधेश आन्दोलन ताका संचारमाध्यम मार्फत साहले खेलेको भूमिकाले प्रदेश नम्बर २ मा ठूलो चर्चा पाएको थियो । झण्डै एक दशक सम्म छापा मिडियामा रहेर श्रमजिवि पत्रकारको रूपमा कार्यरत साहले १० वर्ष यता मध्यतराईको पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेगाहर्ज संचालन गर्नु भएको छ । साहको अनवरत रूपमा दुर्ई दशक सम्मको पत्रकारीता यात्रामा विगत एक वर्ष देखि टिभी वीरगंज र रेडियो पोखरीया समेत थपिएका छन । साहको भूमिका मधेशको जनताको प्रति समर्पित छ । जनता जानेके चाहता कार्यक्रमको तराई मधेशमा छुटै पहिचान रहेको छ । आगामी चैत्र २५ गते हुने महासंघको निर्वाचनमा प्रदेश नम्बर २ को महासचिव पदमा साहको उम्मेदवारीको पक्षमा संचारकर्मीहरूको व्यापक समर्थन रहेको छ ।
प्रतिक्रिया लेख्नुहोस्