वीरगंज, २५ चैत ।
नेपाल पत्रकार महासङघ पर्साको निर्वाचन बिहान ९ बजेदेखि शुरु भएको छ ।
बुधवार बिहान ९ देखि साँझ ५ बजेसम्म हुने मतदानको लागि नेपाल पत्रकार महासङघ पर्साको सभाहललाई मतदान केन्द्र तोकिएको हो । अहिले पर्साका सञ्चारकर्मीद्वारा मतदान गरिरहेका छन् ।
पर्सामा कुल १४० मतदाता सदस्य रहेको निर्वाचनमा दुर्ई समूहले दुर्ईवटा प्यानलमा प्रतिस्पर्धा गरिरहेका छन। प्रेस युनियनको महागठबन्धनबाट रितेश त्रिपाठी र प्रेस चौतारीबाट अनुप तिवारीको नेतृत्वले उम्मेदवारी दिएका छन।
यसअघि पर्सा शाखाको दलित सदस्यमा सुवास राम र प्रदेश पार्षद्मा रसना ढकाल निर्विरोध निर्वाचित भएका छन। बाँकी २४ पदको लागि ५४ जना उम्मेदवार छन। पर्सामा पत्रकार महासङघको चुनावको लागि उम्मेदवारहरूले मतदाता फकाउने काममा व्यस्त देखिएका छन। दुर्ईवटा प्यानलले छुट्टाछुट्टै छलफल केन्द्र बनाएर मतदाताहरूलाई भोजभतेर गरी रिझाउने काम गरेको पनि देखिएको छ।
प्रतिक्रिया लेख्नुहोस्