वीरगंज, २ जेठ । वीरगंजमा उपचारको क्रममा थप नौ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
वीरगंजको नारायणी अस्पतालमा ७ जना, वीरगंज हेल्थ केयरमा १ जना र नारायणी बयोधा अस्पतालमा १ जना गरी ९ जनाको मृत्यु भएको छ ।
वीरगंजस्थित नारायणी अस्पतालमा ११.३० बजे बाराको छातापिपरा गाउ""पालिका वडा नम्बर ९ निवासी ६० वर्षीय पुरूषको उपचारको क्रममा मृत्यु भएको छ ।
वैशाख २४ गते पिसीआर परीक्षणको क्रममा कोरोना संक्रमण पुष्टि भएका पुरूष होम आइसोलेसनमा बसेको र श्वास प्रश्वासमा समस्या भएपछि गत वैशाख २८ गते नारायणी अस्पतालमा भर्ना भएको र आज दिउ"सो उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.सरोज रोशन दासले जानकारी दिनुभयो ।
यसै गरी वीरगंजको नारायणी अस्पतालमा वीरगंज महानगरपालिका वडा नम्बर १६ मिथिला नगर निवासी ४४ वर्षीय पुरूषको आज बिहान ८ः४५बजे उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा.दासले जानकारी दिनुभयो ।
वैशाख १५ गते नारायणी अस्पताल भर्ना भई उपचार गराउने क्रममा पिसीआर रिपोर्ट पोजेटिभ आएको र उपचारकै क्रममा उच्च निमोनियाको कारण श्वास प्रश्वासमा समस्या भएपछि पुरूषको आज बिहान मृत्यु भएको डा.दासले बताउनुभयो ।
त्यस्तै नारायणी अस्पतालमा आज बिहान ५ः३० बजे सर्लाही जिल्ला फरहतवा वडा नम्बर ४ निवासी ४७ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको छ ।
वैशाख २१ गते अस्पतालमा भर्ना भएकी महिलाको एन्टिजिन रिपोर्ट पोजेटिभ आएको र उपचारकै क्रममा आज मृत्यु भएको डा. दासले बताउनुभयो ।
यसै गरी बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २५ सिसहनीया निवासी ३८ वर्षीया महिलाको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ ।
कोरोना संक्रमित भई वैशाख २५ गते अस्पताल भर्ना भएकी महिलाको उच्च निमोनियाको कारण मृत्यु भएको डा. दासले बताउनुभयो ।
त्यस्तै बाराको सुवर्ण गाउ""पालिका वडा नम्बर २ निवासी ६० वर्षीय पुरूषको आज बिहान उपचारको क्रममा मृत्यु भएको छ ।
गत वैशाख ३० गते नारायणी अस्पतालमा भर्ना भएका पुरूषको उपचारको क्रममा आज बिहान मृत्यु भएको डा. दासले बताउनुभयो ।
यसै गरी बाराकै प्रसौनी गाउ""पालिका वडा नम्बर ५ निवासी ४६ वर्षीय पुरूष र बाराकै निजगढ नगरपालिका वडा नम्बर ७ निवासी ४३ वर्षीय पुरूषको गए राति उपचारको क्रममा निधन भएको डा.दासले बताउनुभयो ।
दुवै जनाको उच्च निमोनियाको कारण भेन्टिलेटरमा राखेर उपचार गराउ"दा समेत बचाउन नसकिएको डाक्टर दासले बताउनुभयो ।
यता वीरगंजको नारायणी बयोधा अस्पतालमा आज बिहान उपचारको क्रममा वीरगंज महानगरपालिका वडा नम्बर १ छपकैया निवासी ६४ वर्षीय पुरूषको उपचारको क्रममा निधन भएको छ ।
बयोधा अस्पतालको आइसोलेसन वार्डमा वैशाख १६ गते देखि उपचारका लागी भर्ना भएका पुरूषको आज बिहान मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत विष्णु पटेलले जानकारी दिनुभयो ।
यसै गरी वीरगंज हेल्थ केयरमा आज बिहान उपचारको क्रममा वीरगंज महानगरपालिका वडा नम्बर १० निवासी ६८ वर्षीया महिलाको मृत्यु भएको छ ।
वैशाख २७ गते कोरोना संक्रमित भई अस्पतालमा भर्ना भएकी महिलाको उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साका कोरोना सम्पर्क व्यक्ति एवं प्रशासकीय अधिकृत विनय श्रीबास्तबले जानकारी दिनुभयो ।
यसअघि शनिवार वीरगंजका विभिन्न अस्पतालमा उपचारको क्रममा ९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको थियो भने शुक्रवार एकै दिन वीरगंजमा १३ जनाको ज्यान गएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्