बीरगन्ज, ५ जेठ- पर्सा जिल्लामा जारी निषेधाज्ञालाई पुन थप गर्न सिफारिस गरिएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले जारी निषेधाज्ञालाई आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि थप्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको अध्यक्षतामा बसेको डिसिसिएमसीको बैठकले कोरोनाको संक्रमण ब्रेक गर्न निषेधाज्ञा उपयुक्त देखिएकाले निषेधाज्ञा बढाउन सिफारिस गरेको हो ।
यस्तै, एन्टिजेन किट अभावको परिपुर्ति गर्न प्रदेश सरकार सामाजिक विकास मन्त्रालयलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।
यस्तै, अक्सिजनको सहज आपुर्तिका लागि गृह मन्त्रालयले जारी गरेको परिपत्र अनुसार आवश्यकता र प्राथमिकताको आधारमा व्यवस्थापन गर्ने निर्णय बैठकले गरेको छ ।
डिसिसिएमसीको बैठकले विभिन्न निजी अस्पतालहरुले बिरामीहरुसँग चर्को शुल्क असुलेको सन्दर्भमा अनुगमन टोली मार्फत अनुगमन गर्ने निर्णय गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको अध्यक्षतामा बसेको डिसिसिएमसीको बैठकले कोरोनाको संक्रमण ब्रेक गर्न निषेधाज्ञा उपयुक्त देखिएकाले निषेधाज्ञा बढाउन सिफारिस गरेको हो ।
प्रतिक्रिया लेख्नुहोस्