वीरगंज, ११ साउन । वीरगंजस्थित लक्ष्मणवाको एक होटेलबाट कटुवा पेस्तोलसहित तीन जना युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नं. २५ का २२ वर्षीय अनिल पटेल र २० वर्षीय रक्की पटेल तथा पोखरिया नगरपालिका वडा नं. २ का २० वर्षीय विक्रान्ता पटेल रहेका छन् ।
तीन जना युवकहरू सानो हतियार बेचविखन गर्ने उद्देश्यले बसिरहेका भन्ने सूचना प्राप्त भई होटलमा पुगेको प्रदेश नं.२ प्रहरी कार्यालय, जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
सो होटलमा खाजा खाई बसिरहेका तीन जना युवकहरूको शरीर खानतलासी गर्दा अनिल पटेलको साथबाट कटुवा पेस्तोल थान–१ फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।
तीनैजनालाई उक्त पेस्तोल तथा युवकहरूले प्रयोग गरेको प्रदेश २–०३–०१३ प २०९७ नं. को मोटरसाइकलर र अर्काे वन टेस्ट सुपर स्पलेन्डर मोटरसाइकल गरी २ वटा मोटरसाइकलसहित प्रहरी टोलीले नियन्त्रणमा लिएको खनालले बताए । उनीहरूमाथि हात हतियार सम्बन्धी कसूरमा अनुन्धान अगाडि बढाइएको प्रहरी प्रवक्ता खनालले बताए ।
प्रतिक्रिया लेख्नुहोस्