जनकपुर,२७ साउन । सप्तरीको सुरुंगा नगरपालिका ७ पोखरियाकी ज्योति पासवानको मृत्यु प्रकरणमा उनका प्रेमी कृष्ण मिश्राविरुद्ध उजुरी दर्ता गरिएको छ । झाविरुद्ध ज्योतिका पिता प्रमोदले आत्महत्या दुरुत्साहन ज्यान सम्बन्धी शीर्षकमा जाहेरी दर्ता गराएका हुन् ।
प्रमोदले इलाका प्रहरी कार्यालय कडरबोनामा जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् डीएसपी माधवप्रसाद काफ्ले । कृष्णले ललाइफकाइ आफ्नी छोरीलाई घरबाट लिएर गएको र यौन शोषण गरी छाडेपछि छोरीले आत्महत्या गरेको प्रमोदले दिएको जाहेरीमा उल्लेख छ ।
जाहेरीमा कृष्णलाई मुलुकी अपराध संहिता २०७४ को दफा १८५ को उप दफा २ नम्बर बमोजिम दण्ड सजाय गरी जाहेरबालालाई क्षतिपूर्ती समेत दिलाइदिन माग गरिएको छ । सुरुंगा ७ पोखरियाकै कृष्णले गत फागुन १० गते मेरो श्रीमती रहेको भन्दै ज्योतिलाई लिएर गएका थिए । ज्योतिसँग विवाह गर्ने बताउँदा कृष्णका बुवाले कुनै किसिमको सम्पति नदिने भन्दै कागज गराउँदा उनले हाँसी–हाँसी औंठाछाप लगाएको थिए ।
ज्योतिलाई कृष्णले ५ महीनासम्म आफैसँग राखेका थिए । कृष्णअसारको पहिलो साता कोठा खोज्न जाँदैछु भन्दै लहानको पुष्पाञ्जली लजबाट बाहिरिएका थिए । उनी एक सातासम्म नर्फकेपछि ज्योतिले आफ्नी आमालाई फोन गरेर भनेकी थिइन् । केही समयपछि ज्योतिका बुवा प्रमोदले उनलाई घर लिएर गएका थिए । ज्योतिले आफ्नै घरमा यही साउन २३ गते आत्महत्या गरेकी थिइन् ।
प्रतिक्रिया लेख्नुहोस्