वीरगंज, २२ साउन ।
वीरगंज महानगरपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्सालाई १५ थान ह्वील लक हस्तान्तरण गरेको छ ।
नगरप्रमुख विजय सरावगीले ट्राफिक प्रहरी कार्यालय, पर्सालाई आज एक कार्यक्रमबीच १५ थान ह्वीललक हस्तान्तरण गरेका हुन् ।
नगरप्रमुख सरावगीले महानगरपालिकाले ट्राफिक व्यावस्थापनका लागि सवारी पार्किड्ढो समेत व्यवस्था गरेको बताए । उनले महानगरले पार्किड्ढो व्यावस्था नगरेको बहानामा जथाभावी पार्किङ गरिदिँदा सडक जाम हुने गरेको बताए । महानगरक्षेत्रमा देखिएको अव्यवस्थित पार्किङ र ट्राफिक समस्या समाधानका लागि नागरिकलाई पनि दण्डजरिवानाबाट सचेत होस भन्ने उद्देश्य सहित ट्राफिक प्रहरीलाई सवारी कारबाईमा पनि सहजताका लागि ह्विल लक हस्तान्तरण गरिएको महानगर प्रमुख सरावगीको भनाई छ ।
प्रतिक्रिया लेख्नुहोस्