जनकपुरधाम । मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र माथिको आवधिक समीक्षा जनकपुरधाममा आज सम्पन्न भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगको आयोजनामा भएको आवधिक समीक्षाको उद्घाटन गर्दै प्रदेश नंं २ का सभामुख सरोज यादवले मानव अधिकारको सवालमा पछिल्लो समयमा नेपालमा प्रगति भए पनि अझै धेरै कामहरू गर्न बाँकी रहेको बताउनु भयो ।
उहाँले मानव अधिकारको रक्षाका लागि नेपालको संविधानमा उल्लेख रहेको मौलिक हकहरूको कार्यान्वयन गर्न राज्य पक्ष गंभिर हुन जरुरी रहेको बताउनु भयो । मौलिक हकमा भएका कतिपय प्रावधानहरू अहिले कार्यान्वयन नभएकोमा दुःख व्यक्त गर्दै सभामुख यादवले प्रदेश सरकारले पनि विभिन्न अधिकारको विषयमा कानून निर्माणलाई उच्च प्राथमिकतामा राखेको बताउनु भयो ।
प्रदेश नंं २ का प्रदेश सभाका सदस्यहरूले मधेशी आदिवासी तथा जनजातिको सवालहरू मानव अधिकारको विषय भएकाले यसको सम्बोधनका लागि राज्य पक्ष संवेदनशील हुन जरुरी रहेको बताउनु भयो । यसरी धारणा राख्नेहरूमा प्रदेश नंं २ का प्रदेश सभाका सदस्यहरु रामअशिष यादव, शारदा देवी थापा, शोभा लामा रहनु भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. मिहिर ठाकुरको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश नंं २ का नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक उमेश रञ्जितकार, सशस्त्र प्रहरीका नायव महानिरीक्षक गणेशधारा मगर, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोला सहितका सुरक्षाकर्मीहरूको सहभागिता रहनु भएको थियो ।
कार्यक्रममा अधिकारकर्मीहरू सहभागी रहनु भएको सो कार्यक्रममा मानव अधिकारको विश्वव्यापी आवधिक समीक्षामा नेपालमा समग्र मानव अधिकारको अवस्था, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अल्पसङ्ख्यक, दलित, मुस्लिमको अधिकारका विषयमा सहभागीहरूले आ आफ्नो धारणा राख्नु भएको छ ।
https://ift.tt/3uHm6vc
प्रतिक्रिया लेख्नुहोस्