![](https://onlineradionepal.gov.np/wp-content/uploads/2021/10/IMG_20211024_113133-1024x768.jpg)
जनकपुरधाम । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपाली काँग्रेसको १४औँ महाधिवेशन कुनै पनि बहानामा निर्धारित मितिभन्दा पर सार्न नहुने आवश्यकतामा जोड दिनुभएको छ ।
नेपाल प्रेस युनियन धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता सिंहले काँग्रेसको संस्थागत सदृढिकरणका लागि महाधिवेशन निर्धारित मितिमा नै गर्नका लागि नेतृत्वसँग माग गर्नुभयो ।
उहाँले क्रियाशील सदस्यताको विवाद रहेको दुई जिल्लाको सम्बन्धित वडाको समस्या समाधान गरेर काँग्रेसको महाधिवेशन सम्पन्न हुनुपर्ने आम काँग्रेसका नेता तथा कार्यकर्ताहरूको चाहना रहेको बताउनुभयो ।
काँग्रेसको १४औँ महाधिवेशन समिति माथि समितिको निर्माण गरेर पछाडि धकेल्न नपाउने बताउँदै पूर्व उपसभापति एवं उपप्रधानमन्त्री समेत रहनुभएका नेता सिंहले पार्टीलाई गतिशील बनाएर मुलुकमा आर्थिक क्रान्तिको नेतृत्व लिन जरुरी रहेको बताउनुभयो ।
एक प्रश्नको जवाफमा नेता सिंहले १४ औँ महाधिवेशनमा आफूले सभापति पदमा उम्मेदवारी दिने पक्का रहेको बताउँदै आफूहरूका बीचमा महाधिवेशनसम्म सर्वसम्मत नेतृत्वका लागि उम्मेदवारी दिने अडानमा अहिले पनि कायमै रहेको बताउनुभयो ।
उहाँले राजनीतिक सेवा गर्ने विषय भएको बताउँदै यसलाई मेवा खाने भर्याङ बनाउन नहुने र ईमान्दार नेताको पक्षमा काँग्रेसको नेतृत्व दिनका लागि कार्यकर्ताहरू आतुर भएको बताउनुभयो ।
उहाँले दुई तिहाइको कम्युनिष्ट सरकारले जनता, लोकतन्त्र तथा विधिको शासनमाथि निरन्तर रुपमा नै प्रहार गरेपछि लोकतन्त्रको रक्षा तथा विधिका शासनका लागि वर्तमान गठबन्धनको सरकार बनेको र सरकार सन्तोषजनक अवस्थामा अगाडी बढेको बताउनुभयो ।
उहाँले नेपाली काँग्रेस नेतृत्वको वर्तमान गठबन्धनको सरकारले ८८ दिनपछि पूर्णता पाएको बताउँदै यसका बाबजुद पनि कोरोना नियन्त्रणका लागि नेपाली जनतालाई खोप लगाउने अभियानमा निक्कै सफल भएको दाबी गर्नुभयो ।
https://ift.tt/2ZsR5jg
प्रतिक्रिया लेख्नुहोस्