जनकपुरधाम । प्रदेश नं २ को विभिन्न जिल्लाहरूमा रहेको शक्तिपीठ एवं दुर्गा मन्दिरहरुमा आज बिहान देखि नै पूजा आराधनाका लागि भक्तजनहरूको ठूलो घुइँचो रहेको छ ।
जनकपुरधामको राजा जनकको कूलदेवताको रुपमा रहेको माता राजदेवीका मन्दिरमा प्रसाद सामाग्रीहरू चढाउनका लागि भक्तजनहरूको ठूलो भिड लागेको छ । राजदेवी मन्दिरमा आज साँझसम्म प्रसाद चढ्ने र त्यसपछि बोका बलीको कार्यक्रम शुरु हुने पूजाको व्यवस्थापन गर्दै आएका महावीर युवा कमिटीले जनाएको छ । गत वर्ष कोरोना महामारीका बीचमा १३ हजार भन्दा बढी बोका बलि रादेवीमा चढेका थिए ।
यसै गरी जनकपुरधामकै पियरीयामाई, अमरखाना, संसारीमाई भगवतीमा पनि पूजा अर्चनाका लागि श्रद्धालुहरूको भिड रहेको छ । रामानन्द चौक, भ्रमरपुरा चौक तथा विद्यापति चौकमा निर्माण दुर्गाको प्रतिमा स्थलमा पनि भक्तजनहरूको भिड रहेको छ ।
यसै सप्तरी जिल्लाको छिन्नमस्ता, सखडा भगवती, रौतहटको दुर्गा मन्दिर, पर्सा जिल्लाको गहवामाई स्थानमा आज बिहान देखि नै श्रद्धालु भक्तजनहरू प्रसाद तथा महिलाहरू खोईछ भर्ने काम गरिरहेका छन् ।
जनकपुरधामको राजदेवी मन्दिरको भिड व्यवस्थापनका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै महावीर तथा श्रीराम युवा कमिटीले स्वयंसेवकहरू परिचालन गरेको छ । आजको बोका बलीपछि मन्दिर सुनसान बन्ने गरेको छ भने सरसफाइपछि पुनः पूजाको आयोजना गरिन्छ ।
https://ift.tt/3DCMfi8
प्रतिक्रिया लेख्नुहोस्