वीरगंज, ५ कात्तिक ।
पर्सागढी नगरपालिका वडा नम्बर ९ बडेर्वामा जुवा खेलिरहेको अवस्थामा गए राति प्रहरीले १२ जना जुवाडेलाई पक्राउ गरेको छ ।
पर्साको पर्सागढी बडेर्वामा गए राती जुवा खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसन्धान टोलीले विशेष सूचनाको आधारमा छापा मार्दा १२ जना जुवाडेलाई पक्राउ गरेको हो ।
घटनास्थलबाट प्रहरीले १ लाख रुपियाँ नगदसहित १२ जना जुवाडेहरूलाई पक्राउ गरी थप कारबाईका लागि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेको छ ।
घटनाका वारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी ओम प्रकाश खनालले बताउनुभयो ।
प्रतिक्रिया लेख्नुहोस्