वीरगंज । कार्तिक शुक्ल पूर्णिमा दिन आज पर्सा र बारामा रहेको विभिन्न नदी तथा शक्ति पीठहरूमा मेला लागेको छ ।
पर्सा ठोरी गाउँपालिकामा रहेका बाघमोर्चामाई, जिराभवानी गाउँपालिकामा रहेको सुगीभारमाई, पटेर्वासुगौली गाउँपालिकामा रहेका गादीमाई, पर्सागढी नगरपालिकामा रहेका कोइलाभारमाई र आमोदेवीमाईमा बिहीबार बेलुका देखि नै मेला लागेको छ ।
त्यसै गरी बाराको जितपुर सिमरा भित्र पर्ने काट घाट मन्दिर, करैयामाई गाउँपालिकामा रहेको करैयामाई मन्दिर र फेटा गाउँपालिकामा रहेको त्रिवेणि तथा खैरातियामाई मन्दिरमा कार्तिक शुक्लपूर्णिमाका दिन स्नान गरी परम्परागत रुपमा मेला लाग्दै आएको छ ।
भक्तजनहरूले रात भरी जाग्राम बसी भजन कीर्तन गर्दै बिहान सबेरै नदीमा स्नान गरी विभिन्न शक्तिपिठ तथा मन्दिरमा गएर पूजाआजा गर्ने प्रचलन रहेको छ ।
यस दिन नदीमा स्नान गरी पूजाआजा गर्नाले पाप नास भई पुण्यफल प्राप्त हुने धार्मिक विश्वास रही आएको छ ।
कतिपय स्थानका भक्तजनहरूले पूजापाठ गरी गौ दान समेत गरेका थिए । आज पूर्णिमाको दिन कार्त्तिक स्नान गरी जलाशयमा दियो बाली, दियो दान गर्दा पाप नास हुने धार्मिक मान्यता रहेको छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने कार्तिक स्नान, आकाश दीपदान एवं तुलसीको विशेष पूजा आराधना सहित कार्तिक पूर्णिमाका दिन कार्तिक स्नान गरेपछि सम्पूर्ण पाप नास भई मोक्ष प्राप्त हुने धार्मिक विश्वास रहेको ज्योतिष पण्डित पुरुषोत्तम दुवेले बताउनुभयो ।
https://ift.tt/3ntqeNo
प्रतिक्रिया लेख्नुहोस्