![](https://onlineradionepal.gov.np/wp-content/uploads/2021/11/pr-2-1024x576.jpg)
बारा । प्रेस सेन्टर नेपाल प्रदेश २ कमिटीको अध्यक्षमा पुनः किरण कर्ण निर्वाचित हुनु भएको छ । जनकपुरस्थित मजुलियामा सम्पन्न दोस्रो प्रदेश अधिवेशनले कर्णलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो ।
त्यसैगरि प्रदेश वरिष्ठ उपाध्यक्षमा दीपेन्द्र सिंह, उपाध्यक्षमा रामभरोसी यादव, सुनिता महतो निर्वाचित हुनु भएको छ । त्यसैगरि प्रमुख सचिवमा गोपाल प्रसाद गुप्ता(सप्तरी), सचिवमा अनिल पाण्डे (बारा), रामनारायण महतो (महोत्तरी), सरोज पासवान (सिराहा), भली रिजाल (सर्लाही), ध्रुव कुमार मण्डल (सप्तरी), ओम किशोर चौधरी (रौतहट), मुनेस लायो मगर (पर्सा) निर्वाचित भएका छन् । त्यसैगरि कोषाध्यक्षमा दीपेन्द्र प्रसाद यादव (सप्तरी) निर्वाचित हुनु भएको छ ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2021/11/pr-3-1024x555.jpg)
त्यसैगरि सदस्यमा ज्योति लामा, बिमल नगरकोटे, प्रलाद साह, कृष्ण तिवारी, दिपेश पौडेल, निरञ्जन साहफ महेन्द्र मण्डल, अनुभक्त चौधरी, अशोक श्रीवास्तब, सञ्जित कुमार गुप्ता, राम मण्डल, रामनारायण पंडित, प्रेमनाथ पौडेल, विभु अधिकारी, अजय यादव, भावना सुनार, कुमारी घिसिङ, फैजुला आलम, महेन्द्र प्रसाद सहनी, बुद्धि बहादुर बम्जन बसन्त सर्वसम्मत निर्वाचित भएको निर्वाचन मण्डलका सदस्य हिरालाल चौधरीले जानकारी दिनुभयो ।
त्यसैगरि सल्लाहकारमा गम्भीरा सहनी, बिराम खनाल, अनिल कुमार अनल, अरुण कुमार तिवारी, सन्त व्यतित चयन हुनु भएको छ । यसअघि अधिवेशनको उद्घाटन सत्रमा शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बोधमाया यादव, प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत साह, प्रेस सेन्टर नेपालका सचिवालय सदस्य गोविन्द देवकोटा, देवराम यादव, केन्द्रीय सदस्य तथा प्रदेश इन्चार्ज हिरालाल चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2021/11/pr-4.jpg)
कार्यक्रममा वरिष्ठ पत्रकार विएम खनाल, सन्त व्यतीत, नेपाल पत्रकार महासङ्घ प्रदेश २ का सदस्य महेश्वर अधिकारी, प्रेस सेन्टर नेपालका केन्द्रीय प्रतिनिधि नीरज पिठोकोठे मगर, प्रेस सेन्टर नेपाल बाराका अध्यक्ष रञ्जन यादव, पर्सा अध्यक्ष दिपक गौतम, सर्लाही अध्यक्ष शङ्कर पाहाडी, महोत्तरी अध्यक्ष धनबिर महतो, धनुषा अध्यक्ष राजेश कुमार महतो, सिराहा अध्यक्ष आशिष् विश्वकर्मा लगायत सहभागी हुनहुन्थ्यो ।
https://ift.tt/3lepw57
प्रतिक्रिया लेख्नुहोस्