बीरगंज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ माधवपुरमा धान झार्ने थ्रेसर पल्टिएर च्यापिदा ८ वर्षीय बालकको मृत्यु भएको छ ।
थ्रेसर पल्टिएर च्यापिदा भुटेश्वर साहका छोरा ओमबाबु साहको मृत्यु भएको हो ।
शनिबार राति साढे ८ बजे ना६त ५०४५ नं.को ट्याक्टरमा थ्रेसर जडान गरी धान झार्न लैजाँदै गर्दा अचानक थ्रेसर पल्टिदा बालक थ्रेसर मुनि च्यापिन पुगेका थिए ।
थ्रेसरले च्यापेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि तराई अस्पताल ल्याइएको र उपचारको क्रममा गए राति नै बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो ।
मृतकको शव पोष्टमार्टमका पछि आज आफन्तलाई जिम्मा लगाइएको छ । प्रहरीले थ्रेसर र ट्याक्टर नियन्त्रणमा लिएको छ ।
ट्याक्टर चालक भने फरार भएका छन् । चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
https://ift.tt/eA8V8J
प्रतिक्रिया लेख्नुहोस्