वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले हुण्डीको कारोबारमा संलग्न भएको आरोपमा २० लाख रकमसहित १ जनालाई पक्राउ गरेको छ ।
बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ५ नकटुवा बस्ने ३१ वर्षीय चन्दन कुमार साहलाई श्रोत खुलाउन नसकेको २० लाख रुपैयाँ नगद सहित वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ घण्टाघरबाट आदर्शनगरतर्फ जाँदै गरेको अवस्थामा चेकजाँचको क्रममा ना. ४८ प. ७६९१ नम्बरको मोटरसाइकल समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।
साहले बोकेको झोला चेकजाँचको क्रममा अवैध रकम बरामद भएपछि साहलाई पक्राउ गरिएको खनालले बताउनु भयो ।
साहविरुद्ध बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरुद्धको कसुरमा आवश्यक अनुसन्धान अगाडि बढाइएको खनालले बताउनुभयो ।
https://ift.tt/eA8V8J
प्रतिक्रिया लेख्नुहोस्