बीरगंज । पर्सा राष्ट्रिय निकुञ्ज भित्र रहेको सितलपुरस्थित खोलाको बगरमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
हात्तीको आक्रमणबाट मकवानपुर जिल्ला मनहरी गाउँपालिका वडा नम्बर ५ बस्ने ५५ वर्षीय सोमबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो ।
पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर १ स्थित शीतलपुर खोलाको बगरमा राईलाई हात्तीले आक्रमण गरी मारेको अवस्थामा शव फेला परेको र मृतकको शव पोष्टमार्टमका लागि बीरगंजको नारायणी अस्पतालमा ल्याइएको प्रवक्ता खनालले बताउनुभयो ।
जङ्गली हात्तीले दुई दिन अगाडि नै राईलाई आक्रमण गरी मारेको भए पनि स्थानीयवासीले आज शव जङ्गलभित्र देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मकवानपुर जिल्लाको मनहरी हुँदै पर्सा राष्ट्रिय निकुञ्ज भित्रको जङ्गलको बाटो भएर पर्साको पटेर्वासुगौलीबाट अवैध लागूऔषध गाँजाका तस्कर समूहले भारत सम्म लागु औषध गाँजा ओसार पसार गर्ने क्रममा राईको हात्तीको आक्रमणबाट मृत्यु भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
https://ift.tt/eA8V8J
प्रतिक्रिया लेख्नुहोस्