वीरगंज । हिन्दुहरूको महान् चाड तिहार तथा दीपावलीको अवसरमा सशस्त्र प्रहरी गण नम्बर १३ हेडक्वाटर वीरगंजद्वारा देउसी भैलो सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।
नेपालीहरूको मौलिक परम्पराको रुपमा रहेको देउसी भैलो सांस्कृतिक कार्यक्रम विगत केही बर्ष यता तराई मधेशमा हराउँदै गएको हुँदा यसलाई जगेर्ना गर्ने उद्देश्यले देउसी भैलो कार्यक्रमको आयोजना गरिएको सशस्त्र प्रहरी गण १३ नम्बर हेडक्वाटर वीरगंजका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले बताउनुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै वीरगंज महानगरपालिकाका प्रमुख विजय सरावगीले नेपाली संस्कृतिलाई जोगाउन सशस्त्र प्रहरीले आयोजना गरेको देउसी भैलो कार्यक्रमले लोप हुन लागेको नेपाली कला संस्कृति र परम्परालाई बचाउन सन्देश दिएको भन्दै नेपाली मौलिक कला संस्कृतिको संरक्षणका लागि सबै जुट्नु पर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा पर्सा जिल्लाका सरकारी कर्मचारी, कार्यालय प्रमुखहरू, समाजसेवी, बुद्धिजीवी, उद्योगी व्यवसायिहरुको सहभागिता रहेको थियो ।
https://ift.tt/3CJjvnH
प्रतिक्रिया लेख्नुहोस्