बीरगंज । बीरगंज नगर क्षेत्रको पिछडिएका वडाहरूमा स्वास्थ्य तथा वातावरण सरसफाइका लागि समाजलाई जागरण गराउने उद्देश्यका साथ वीरगंज नर्सिङ क्याम्पसका छात्राहरू पाँच सातादेखि खटिएका छन् ।
बीरगंज महानगरपालिकाको वडा नम्बर १ छपकैयामा ५ हप्तादेखि खटिएका बीरगंज नर्सिङ क्याम्पस वि एन ए दोस्रो वर्षका छात्राहरूले समुदायमा स्वास्थ्य क्षेत्रको अवस्थाका बारेमा स्थलगत निरीक्षण एवं सेवा समेत प्रदान गरेको वीरगंज नर्सिङ क्याम्पसकी प्रमुख सूर्य कोइरालाले जानकारी दिनुभयो ।
वि एन ए दोस्रो वर्षका छात्राहरूले विशेष गरी समुदायमा मातृ शिशु सेवा, ५ बर्ष मुनिका बालबालिकाहरूलाई पोषण सेवा, प्रजनन स्वास्थ्य, प्राथमिक उपचार, स्वास्थ्य समस्या र त्यसको रोकथाम, औपचारिक तथा अनौपचारिक स्वास्थ्य शिक्षा एवं स्वास्थ्य सम्बन्धी जागरण कार्यक्रम सञ्चालन गरेको छात्रा सुष्मा मैनालीले जानकारी दिनुभयो ।
५ साता लामो कार्यक्रमको समापनको अवसरमा आज विद्यार्थीहरूले छपकैयामा वातावरण सम्बन्धी जागरण एवं वृहत् सरसफाइ कार्यक्रमको आयोजना गरेका थिए ।
वीरगंज महानगरपालिकाको सरसफाइ महाशाखाको विशेष सहयोगमा वडा कार्यालय, स्वास्थ्य चौकीको समेत समन्वयमा कार्यक्रम सम्पन्न गरिएको मैनाली जानकारी दिनुभयो ।
बीरगंज नर्सिङ क्याम्पसकी प्रमुख सूर्य कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वीरगंज महानगरपालिकाका नुर आलम अन्सारी, भैया लाल रोकाया, विनय सिंह, नर्सिङ क्याम्पसका सृष्टि तिमिल्सीना, मुना श्रेष्ठ, दीपशिखा केसी, रिंकी साह, सुजता मिश्र, अस्मिता पौडेल, प्रिती नापित लगायतको सहभागिता रहेको थियो ।
https://ift.tt/3sAqoWg
प्रतिक्रिया लेख्नुहोस्