वीरगन्ज । पटेर्वासुगौली गाउँपालिकाको भ्रष्ट्राचार विरुद्ध आमरण अनसन बसेका रामजन्म ओझैयासँग गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय प्रहरी प्रशासनको रोहवरमा नारायणी अस्पतालमा वार्ता भइरहेको छ ।
गाउँपालिकाको कार्यालय अगाडी गत मङ्सिर २० गतेदेखि आमरण अनसन बसेका युवकको अवस्था बिग्रिएपछि उनलाई गत मङ्सिर २६ गते उपचारका लागि वीरगंजस्थित नारायणी अस्पतालमा भर्ना गरिएको छ ।
गाउँपालिकाको अनियमितता विरुद्ध स्थानीय रामजन्म ओझैयाले मङ्सिर १५ गतेदेखि १९ गतेसम्म धर्नामा बसेका र माग पुरा नभएपछि मङ्सिर २० गतेदेखि आमरण अनशन सुरु गरेका थिए ।
अहिले पनि उनले औषधी र स्लाईन बाहेक ठोस खाने कुरा नखाएको चिकित्सकहरूले बताएका छन् ।
कृषिमा स्नातक गरेका ओझैया विभिन्न माग राख्दै जनप्रतिनिधिहरूको ध्यानाकर्षण गराएको र चेतावनी स्वरूप गाउँपालिका कार्यालयमा धर्ना दिएको तर बेवास्ता गरेपछि आमरण अनशनमा बसेका थिए ।
गाउँपालिका र वडा कार्यालयहरूमा कर्मचारीहरू समयमा उपस्थित भई काम गर्नुपर्ने, प्रमुख प्रशासकीय अधिकृतको सरुवा गर्नुपर्ने, गाउँपालिकामा भएका विकास कार्यको उपलब्धिबारे स्थानीयवासीलाई जानकारी गराउनुपर्ने, गाउँपालिका अन्तर्गतका खेलाडीहरूका लागि खेलमैदान, प्रतियोगिता, प्रशिक्षकको व्यवस्था, तलब भत्ता तथा खाने–बस्ने व्यवस्था गर्नुपर्ने, कृषिलाई आधुनिकीकरण गर्न मल खाद तथा उपकरणहरूको सुविधा उपलब्ध गराउनुपर्ने, लगायतका माग ओझैयाले राखेका छन् ।
मागका बारेमा अहिले अस्पतालमा छलफल भई रहेको गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीले बताउनुभयो ।
https://ift.tt/3m7Qiwq
प्रतिक्रिया लेख्नुहोस्