लहान । माछापालन व्यवसाय गरेर सिरहा जिल्लाको लहान नगरपालिकाका एक युवाले मासिक लाखौँ आम्दानी गरिरहेको छ । लहान नगरपालिका वडा नम्बर–२२ (बेली) टोलका ३२ दीपेन्द्र सिंहले माछापालन व्यवसाय गरेर मनग्य आम्दानी गरिरहेको हो ।
करिब ६ वर्ष मलेसियाबाट स्वदेश फर्केका सिंह आज भोलि माछापालन व्यवसायमा व्यस्त छन् । गाउँमै करिब २ बिघा पोखरी १० वर्षको लिजमा लिई व्यवसाय सञ्चालन गरिरहेको बताए ।
सिंहको माछा फार्ममा विशेष गरेर उन्नत जातका माछा ग्रास कार्प, कमन कार्प , सिल्भर कार्प, विगहेड कार्प , रहु, नैनी, भाकुर, लगायतका ठुलो माछा र भुराहरू पाइन्छ ।
विदेशको दुख सुनाउँदै उनले भने, “हामी मलेसियामा १२ घण्टा बढी काम गर्थेँ । त्यति पैसा पनि हुन्थेन। घर परिवारबाट टाढा बस्नु परेको थियो” तर , यहाँ आफ्नै घर परिवार सँगै बस्छु । छोराछोरीलाई हुर्काउन पनि सहज छ । राम्रो आम्दानी पनि भइरहेको खुसी हुँदै उनले सुनाए ।
आफ्नो मुलुकमा मेहनत र पौरख गरे, “जीविकोपार्जन मात्र होइन राम्रो पैसा कमाउन सक्ने सम्भावना मैले देखेको छु ,उनले बताएका छन् । अन्य कृषि व्यवसायको तुलनामा यस व्यवसायबाट स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ । विदेश जानै पर्दैनन् ” उनले भने ।
अहिले उनी करिब ५, ६ जना युवालाई रोजगारी समेत दिएको छ । सिंहको आफूले माछा उत्पादन गर्ने फर्म त छदैछन् , त्यस बाहेक उनी भ्यान मार्फत सर्लाही जिल्ला देखि धनुषा महोत्तरी सिरहा सप्तरी विराटनगर सम्म माछाको किनबेच गर्छन् । तीन दाजुभाइ मध्ये कान्छो छोरा सिंहको श्रीमती र दुई छोरा छन् ।
https://ift.tt/3sLSRsa
प्रतिक्रिया लेख्नुहोस्