वीरगंज । अत्यधिक जाडोको कारण कठ्याङ्ग्रिएर पर्सामा थप एक जनाको मृत्यु भएको छ ।
पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर २ को रङ्गपुरटाडीमा अस्थायी रुपमा बस्दै आएका लमजुङ जिल्लाको बेसी शहर नगरपालिका निवासी ७० वर्षीय टिकाराम थापाको गएराति जाडोले कठ्याङ्ग्रिएर मृत्यु भएको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ का अध्यक्ष विजय गैरेले जानकारी दिनुभयो ।
रङ्गपुरटाडी बजारको एक घरको पालीमा थापा दम्पतीले आश्रय लिँदै आएको र पालीमा सुतेकै स्थानमा आज बिहान उनको मृत्यु भएको गैरेले बताउनुभयो । श्रीमानको मृत्यु पछि बेसहारा बनेकी मृतककी श्रीमती ६१ वर्षीया अम्बिका थापालाई समेत आश्रयका लागि प्रहरीको जिम्मा लगाई वीरगंज पठाइएको गैरेले बताउनुभयो ।
मृतक थापाको शवको पोस्टमार्टमका लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले बताउनुभयो ।
https://ift.tt/eA8V8J
प्रतिक्रिया लेख्नुहोस्