बारा । बाराको कुश्माडीमा स्थानीय कृषि उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले ग्रामीण बजार सञ्चालनमा आएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ को कुश्माडीमा ग्रामीण बजार सञ्चालनमा आएको हो । स्थानीय कृषि उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले बजार सञ्चालनमा ल्याइएको हो । हरेक हप्ताको मङ्गलवार र शुक्रवार बजार लाग्ने स्थानीय देवी बहादुर भण्डारीले जानकारी दिनु भयो ।
कुश्माडी बाहुनटोल स्थित शिव मन्दिर परिसरमा गत मङ्गलवारबाट सञ्चालनमा आएको बजारमा तरकारी, फलफूल तथा माछामासुका पसल सञ्चालन हुँदै आएको बताउनुभयो । स्थानीय उत्पादनलाई वृद्धि गर्दै राष्ट्रिय बजारसँग पहुँच वृद्धि गर्ने उद्देश्यले बजार सञ्चालनमा ल्याइएको स्थानीय जनप्रतिनिधि कुमार लामाले बताउनुभयो ।
बजार प्रवर्द्धन र व्यापार सुरक्षा सहित बजार क्षेत्रमा आवश्यक संरचना निर्माण गर्नका निमित्त आर्थिक सहयोग जुटाउने कार्य भइरहेको छ । हाल सम्म करिब १ लाख रुपैयाँ बराबर नगद तथा निर्माण सामाग्री सहयोग प्राप्त भएको उहाँले बताउनुभयो ।
https://ift.tt/3ItlJtO
प्रतिक्रिया लेख्नुहोस्