वीरगंज, १६ माघ । प्रेस काउन्सिल नेपालले प्रेस काउन्सिल ऐन, २०४८ को दफा १० बमोजिम गठित पत्रपत्रिका वितरण सम्परीक्षण समितिको वर्गीकरण प्रतिवेदनको आधारमा आ.व. २०७५–०७६ र २०७६–०७७ को वर्गीकरणको नतिजा सार्वजनिक गरिएको छ ।
आ.व. २०७५–०७६ को वर्गीकरणको लागि आवेदन दिने ८८३, प्रदेशस्तर १६६, राष्ट्रियस्तर १६५, स्थानीयस्तर ५५२ पत्रपत्रिकामध्ये क वर्ग – २१९, ख वर्ग –४७६, ग वर्ग – १३७, घ वर्ग – १५ वर्गीकरण भएका छन् ।
त्यस्तै आ.व. २०७६–०७७ को वर्गीकरणको लागि आवेदन दिने ८७८ मध्ये प्रदेशस्तर १६९, राष्ट्रियस्तर १४९, स्थानीयस्तर ५६० पत्रपत्रिकामध्ये क वर्ग – २३९, ख वर्ग – ४३१, ग वर्ग – १६३ र नियमित तर हुबहु र वर्ग कायम नभएका – ४५ वर्गीकरण भएका छन् ।
प्रेस काउन्सिलको मिति २०७८–१०–१४ मा बसेको बोर्ड बैठकले वितरण सम्परीक्षण समितिबाट प्राप्त प्रतिवेदनका आधारमा नतिजा सार्वजनिक गर्ने निर्णय गरेको छ । साथै नतिजामा चित्त नबुझ्नेले नतिजा सार्वजनिक भएको १५ दिन र दोब्बर दस्तुरसहित थप ७ दिनसम्म शुरूमा निवेदन दिँदाको दस्तुरको पच्चिस प्रतिशत दस्तुरसहित पुनःयोग/पुनःमूल्याङ्नका लागि निवेदन दिन सकिने प्रेस काउन्सिल नेपालले जनाएको छ ।
२०७५–०७६ र २०७६–०७७ सालको वर्गीकरणमा वीरगंजबाट प्रकाशित हुँदै आइरहेको प्रतीक दैनिक पुनः राष्ट्रिय क वर्गमा पर्न सफल भएको छ
भने २०७५–०७६ र २०७६–०७७ सालको वर्गीकरणमा ब्रह्मास्त्र दैनिक स्थानीय (ख) वर्गमा पर्न सफल भएको छ ।
प्रतिक्रिया लेख्नुहोस्