बारा । नेकपा एमाले बाराको दशौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा विनोद साह निर्वाचित हुनुभएको छ ।
कलैयामा सम्पन्न अधिवेशनले साहको अध्यक्षतामा एक सय ३५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ ।
अध्यक्षमा निर्वाचित साह यसअघि जिल्ला कमिटीको उपाध्यक्ष हुनुहुन्थ्यो ।
नव निर्वाचित जिल्ला कमिटीको उपाध्यक्षमा टिना सुवेदी, सचिवमा अध्यानन्द पाण्डे, सहसचिवमा अमृत शर्मा बजगाईँ र भुलन चौधरी चयन हुनुभएको छ ।
अध्यक्ष मण्डलका अध्यक्ष एमाले केन्द्रीय सदस्य एवम् बारा जिल्ला इन्चार्ज बलवीर चौधरीले एक सय ३५ सदस्यीय जिल्ला कमिटी निर्माण गरिएको जानकारी दिनुभयो ।
https://ift.tt/3FoCzbj
प्रतिक्रिया लेख्नुहोस्