जनकपुरधाम । प्रदेश नंं २ का अगुवा किसानहरूले खेतीपातीको समयमा किसानहरूले रसायनिक मलको अभावबाट निक्कै पीडित हुने गरेकाले मलको समस्या स्थायी समाधानका लागि रसायनिक मल कारखाना स्थापनाको माग गर्नु भएको छ ।
राष्ट्रिय किसान आयोगले आज देखि जनकपुरधाममा प्रदेश स्तरका किसानहरूको क्रियाशील सङ्घ संस्थाहरूको लागि आयोजना गरिइएको क्षमता अभिवृद्धि कार्यक्रममा सहभागी भएका किसानहरूले किसानको हितका लागि किसान परिचयपत्र तथा किसान पेन्सन कार्यक्रम लागू गर्नका लागि पनि माग गर्नु भयो ।
कार्यक्रममा सहभागी भएका किसानहरूले निक्कै कडा मेहनतका साथ उत्पादन गरेको वस्तुको उचित मूल्य नपाएको बताउँदै ठाउँ ठाउँमा कृषि सामाग्रीहरू भण्डारणका लागि चिस्यान भण्डार निर्माणका लागि पनि माग गर्नुभयो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय किसान आयोगका अध्यक्ष डा. प्रेम प्रसाद दंगालले किसानलाई यस वर्ष समयमा रसायनिक मलको आपूर्ति नहुँदा निक्कै मारमा परेको बताउँदै धानको समर्थन मूल्य अनुसार समयमा नै सरकारी स्तरबाट खरिद हुनु पर्ने आवश्यकतामा जोड दिनुभयो ।
कार्यक्रममा किसान आयोगका सदस्य मञ्जु धितालले किसानको माग समयमा नै सम्बोधन भएको खण्डमा मनोबल बढेर कृषि उत्पादन बढ्ने भएकाले यस तर्फ ध्यान दिनका लागि पनि आग्रह गर्नु भयो । कार्यक्रममा प्रदेश नंं २ का ८ जिल्लाका किसानहरूका अगुवा सङ्घ संस्थाहरूका किसान नेताहरू सहभागी रहनु भएको छ ।
https://ift.tt/3mXHREe
प्रतिक्रिया लेख्नुहोस्