वीरगंज, १५ फागुन । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तरगत वीरगञ्ज महानगरपालिकाको सभापतिमा शेखर कोईराला पक्षका मणिन्द्र लाल नेपाली विजयी हुनुभएको छ ।
आज बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार नेपालीले २ सय ५७ मत ल्याएर विजयी भएका हुन । उनका निकटम प्रतिस्पर्धी राधे श्याम चौरसियाले २ सय २१ र दिपेन्द्र चौहानले ३२ मत प्राप्त गरेका छन् ।
यस्तै उपसभापतिमा सन्तोष गुप्ताले २ सय ४८ र सर्जुग महतो २ सय ४४ मत ल्याएर विजयी भएका छन् । सचिवमा श्याम प्रसाद कुर्मीले २ सय ४९ र शिव चन्द्र प्रसाद यादवले २ सय ६२ मत ल्याएर विजयी भएका छन् ।
यस्तै सह सचिवमा सजाद्द हुसै समानी २ सय ५० र दिपक कुमार साहले २ सय ४६ लयाएर निर्वाचित भएको निर्वाचन अधिकृत नरेन्द्र केसीले बताए ।
यस्तै कांग्रेसको पोखरिया नगरपालिकाको सभापतिमा रामबाबु चौहानले ७१ मत ल्याएर विजयी भएका छन् । उनको प्रतिस्पर्धी लक्ष्मण साह कानुले ६८ मत प्राप्त गरेका छन् । नगर उपसभापतिमा बच्चा साह तेलीले ८० र रामाननद बैठाले ७६, सचिवमा धार्मराज प्रसाद यादवले ७६ र हरेराम पाण्डले ७४, सहसचिवमा श्याम किशोर यादवले ७९ र अशोक चौहानले ७५ मत ल्याएर विजयी भएका छन् ।
यता पर्सागढी नगरपालिकाका नगर अधिवेशनमा विश्व मोहन चौधरीले ८६ मत ल्याएर विजयी भएका छन् । उपसभापतिमा आत्माराम अधिकारीले ८० छोटेलाल यादवले ८२, सचिवमा उमा अधिकारी ८७ र अर्जुन गिरी ७५ मत ल्याएर विजयी भएका छन् । सहसचिवमा रामसुनर महतो ८६ र सुकदेव दास ७५ मत ल्याएर विजयी भएका छन् ।
यस्तै नेपाली कांग्रेसको पटेर्वा सुगौली गाउँँपालिकाको सम्पन्न अधिवेशनमा निर्विरोध रूपमा गाउँँपालिकाको सभापतीमा शिव चौधरीलाई निर्वाचित गरेको छ ।
त्यसैगरी उप–सभापतिमा शिवदत्त पौडेल र सोनमति देवी, सचिवमा ज्वाला गिरि र नरेश महतो, कोषाध्यक्षमा धर्मराज गौरो सह–सचीवमा प्रभुनाथ ओझा र हारून मियाँ दर्जी लगायत बिजयी भएको नेपाली कांग्रेस क्षेत्र नम्बर ३ ले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्