बारा, १४ चैत ।
मानवत–मटिअर्वा सडक निर्माण नहुँदा कलैया धुलाम्मे बन्दैको कारण स्थानीय ब्यापारीले आज बिहानैदेखि बाटो अवरूद्घ गर्दै प्रदर्शन गरेको छ ।
साढे तीन किलोमिटर सडक लामो समयदेखि निर्माण नहुँदा धुलाम्मे भएका कारण स्थानीयहरूको स्वास्थ्यमा गम्भीर असर पर्नुका साथै व्यापार व्यवसायमा निकै असर परेको छ । उतर – दक्षिण राजमार्ग मटिअर्वा भन्सारसम्म जोडने उद्देश्यले भारत सरकारको सहयोगमा सडक निर्माण शुरू गरिएको थियो । तर बीचमा नै आएर कलैयाको बाटो नै बन्न सकेको छैन । अहिले धुलाम्मे अवस्थालाई मध्यनजर गर्दै कलैया उपमहानगरपालिकाले दैनिक पानी पनि पटाउने गरेको छैन ।
प्रतिक्रिया लेख्नुहोस्