वीरगंज, २६ फागुन ।
जिल्ला प्रहरी कार्यालय, पर्साले भन्सार छली ल्याएको चामल सहित पिकअप भ्यान नियन्त्रणमा लिएको जनाएको छ ।
प्रज्ञापनपत्र विनाको भारतीय चामल लोड गरी वीरगंजबाट बाराको जीतपुरतर्पm लादै गरेको अवस्थामा प्रहरीले बुधवार राति वीरगंज– ११ रानीघाट सडकखण्डबाट पिकअप भ्यान नियन्त्रणमा लिएको जनाएको छ ।
प्रदेश ०३–००१ च ०५२२ नम्बरको पिकअप गाडीमा भन्सार छली गरी ल्याइएका ११८ बोरा चामल सहित भ्यान आवश्यक कारबाईको लागि आज राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिप्रका, पर्साले जनाएको छ ।
प्रतिक्रिया लेख्नुहोस्