वीरगञ्ज, ७ वैशाख । जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकर्ता भेटघाट सम्पन्न भएको छ ।
वीरगञ्जस्थित जिल्ला समन्वय समितिको सभागृहमा बुधवार पार्टीका वरिष्ठ नेताहरूको उपस्थितिमा कार्यकर्ता भेटघाट सम्पन्न भएको हो ।
आसन्न स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर वीरगञ्ज महानगरपालिका वडा नम्बर प्रसौनीका नेता तथा कार्यकर्तासँग भएको भेटघाटमा नेताहरूले जसपाका उम्मेदवारहरू जिताउने गतिविधिमा लाग्न आग्रह गरेका थिए ।
निर्वाचनको २४ दिन मात्र बाकी रहँदा गाउँँगाउँँ टोलटोलमा पुगेर जसपाका उम्मेदवारहरूका लागि छाता छापमा मत माग्न कार्यकर्ताहरूलाई सङघीय सांसद् प्रदीप यादवले निर्देशन दिए । मधेशी जनताको अधिकार प्राप्ति र पर्सा जिल्लाको विकासका लागि जसपा एक मात्र विकल्प रहेको बताउँदै उनले पार्टीका उम्मेदवारहरूको बढीभन्दा बढी कसरी आउन सक्छ भन्ने तर्पm कार्य गर्न आग्रह गरेका थिए ।
त्यसैगरी जसपाबाट वीरगञ्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार राजेशमान सिंहले वीरगञ्जमा निर्वाचन केन्द्रित गतिबिधिहरूलाई थप तीव्रता दिनुपर्ने बताए । उनले प्रत्येक वडामा जसपाका कार्यकर्ताहरूले चुनाव केन्द्रित गतिविधि बढाएर जसपा प्रतिको माहोल सृजना गर्न आग्रह गरे ।
कार्यक्रममा सङघीय परिषद् सदस्य शिवजी सोनी लगायत नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस्