वीरगंज,१० जेठ बैशाख । बाराको पचरौता नगरपालिकामा जित हात पार्दै नेकपा एमालेले बारा जिल्लामा सबै भन्दा ठूलो दल बनेको छ ।
मङगलवार सकिएको पचरौता नगरपालिकाको मतगाणना अनुसार, नगरपालिकाको मेयर र उपमेयर दुवै पद एमालेले जितेको हो । मेयरमा एमालेका जलान्धर सिंह र उपमेयरमा पनि एमालेकै नसीमा खातुन विजयी भएकी हुन् । सिंह ४ हजार ७ सय ३२ मतका साथ मेयरमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी जसपाका उम्मेदवार रमेश यादवले भने ४ हजार ४ सय ६१ मत मात्रै प्राप्त गरे ।
यस्तै उपमेयरमा खातुन ४ हजार सय ३८ मत ल्याएर निर्वाचित भएकी हुन् । उनकी निकटतम प्रतिद्धन्द्धी जसपाकी सगुफा खातुनले ४ हजार १ सय ६३ मत मात्रै ल्याइन् ।
पचरौता नगरपालिकामा जितसंगै एमाले, स्थानीय तहको निर्वाचनमा बारामा सबैभन्दा ठूलो दल बनेको हो ।
बारामा एमालेले पाँच वटा स्थानीय तहको प्रमुख र एउटा स्थानीय तहको उपप्रमुख जितेको हो । एमालेले कलैया उपमहानगरपालिका, पचरौता नगरपालिका, निजगढ नगरपालिका, प्रसौनी गाउँपालिका र परवानीपुर गाउँपालिकामा प्रमुख र उपप्रमुख दुवै पद जितेको छ । जीतपुरसिमरा उपमहानगरपालिकामा भने एमालेले उपमेयर पद मात्रै जितेको हो ।
नेपाली कांग्रेसले भने चार वटा स्थानीय तहको प्रमुख र उपप्रमुखमा जित हात पारेको छ । काङग्रेसले आदर्श कोतवाल गाँउपालिकाको प्रमुख र उपप्रमुख, कोल्हबी नगरपालिकाको प्रमुख र उप्रमुख, महागढीमाइ नगरपालिकाको प्रमुख र उपप्रमुख तथा सुवर्ण गाँउपालिकाको प्रमुख र उपप्रमुख जितेको छ ।
जसपाले आदर्श कोतवाल गाँउपालिकाको प्रमुख र उप्र्रमुख, देवताल गाँउपालिकाको प्रमुख र उपप्रमुख तथा बारागढी गाँउपालिकाको प्रमुख र उपप्रमुख पद जितेर तेश्रो दल बनेको छ ।
लोसपाले दुई पालिका अर्थात सिम्रौनगढ नगरपालिकाको प्रमुख र उपप्रमुख तथा विश्रामपुर गाँउपालिकाको प्रमुख र उपप्रमुख जितेको छ ।
विवेकशील साझा पार्टीले भने फेटा गाँउपालिकाको प्रमुख र उपप्रमुख जितेको छ ।
नेकपा माओवादी केन्द्रले भने जितपुर सिमरा उपमहानगरपालिकाको प्रमुख पद मात्र जितेको छ ।

प्रतिक्रिया लेख्नुहोस्