- यीतेन्द्र शर्मा
रुस र युक्रेनबीच जारी युद्धका कारण विश्वकै अर्थव्यवस्था संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको भए पनि सन २०२३ मा भारतको आर्थिक बृद्धिदर ६.९ प्रतिशतको हुने अनुमान आर्थिक सहयोग तथा विकास संगठन (ओईसिडी ले गरेको छ) । कोभिड–१९ को संकट र त्यस पछि युद्धका कारण उत्पन्न संकटले चीन, यूरोप र अन्य पश्चिमेली देशहरुको आर्थिक अवस्थालाई पनि कमजोर बनाईदिएको छ । यस्तोमा भारतको आर्थिक बृद्धिदर ७ प्रतिशतको हाराहारीमा हुनु सामान्य उपलब्धि होइन ।
उर्जा, मल–खाद्य र खाने तेलको निर्यात माथि रुस युक्रेन युद्धले प्रतिकूलप्रभाव पारेको छ । सफल घरेलु उत्पाद (जिडीपी) जुनकि आर्थिक वर्ष २०२२ मा आठ दशमलव सात प्रतिशतमा पुगेको थियो । सन् २०२३ मा ६.९ प्रतिशतसम्म पुग्ने अनुमान रुस–युक्रेन युद्धकै परिणम हो । विश्व अर्थतन्त्र नै अहिले ह्रासोन्मुख अवस्थामा रहेको कारण बजारमा मागमा पनि कमी आएको छ । महंगी बढने क्रम पनि नरोकिनु को कारण यही नै हो । जी २० का कुनै पनि देशको तुलनामा भारतले कोभीड संकटका वावजूद आफनो अर्थव्यवस्थालाई मजबूतिकासाथ पुरानै अवश्थामा फर्काउने सफल रहेको छ । विश्वका अधिकांश देशहरुको कठोर एवं मितव्ययी आर्थिक नीति प्रतिकुल बाहय अवस्था खाद्यानन र उर्जाको मूल्य वृद्धिले निर्यात नीती पनि प्रभावित भएको छ ।
हालै विशव बैंकले गरेको एक प्रक्षेपणका अनुसार युक्रेन युद्धका कारण विश्वमै उत्पन्न गम्भीर आर्थिक संकटका कारण आपूर्तिको समस्या उत्पन्न भएको छ । महंगाई बढेको छ र यसको असर धेरै क्षेत्रमा पर्नेछ तर पनि भारतको जिडिपीमा वृद्धि नै हुनेछ र यसले ७.५ देखि ८ प्रतिशत सम्मको वृद्धिदर हासिल गर्ने अनुमान गरेको छ । यो दोस्रो पटक हो, जब विश्वबैंकले भारतको जीडिपीमा बृद्धि आर्थिक वर्ष २०२३ मा पनि हुने अनुमान गरेको छ । यसभन्दा अघि अप्रैलमा यसले गरेको ८.७ प्रतिशत देखि ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न अनुमान गरेको थियो ।
रेटिंग एजेनसी (एस एण्ड पी) तथा अन्तरराष्ट्रिय मुद्राकोष र अन्य एजेन्सीहरुले पनि भारतका लागि जारी गरेको नया प्रक्षपणमा आर्थिक वर्ष २०२३ मा यसले ७.५ प्रतिशतको आर्थिक वृद्धिदर रहने अनुमान गरेको छ । विश्व बैंकको अनुमानमा भारतको रिजर्ब बैंकको ७.२ प्रतिशत भन्दा अलि बढी रहेको छ । भारतको आर्थिक अवस्था सन २०२२ मा ८.७ प्रतिशतले बढेको देखियो जुनकि द्रुतगतीमा आिर्थक प्रगति गर्ने विश्वका केही अग्रणी देशको पंक्तिमा रहेको देखियो । कृषि क्षेत्रमा भारतले गरेको प्रगती तथा उपलब्धिले यसमा ठूलो सहयोग गरेको छ ।
प्रतिक्रिया लेख्नुहोस्