वीरगंज, ७ असार । असार ९ गतेदेखि पर्सा जिल्लाका ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोरोनाविरूद्ध फाइजर खोप लगाइने अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
१४ वटै पालिकाका सामुदायिक विद्यालयमा खोप केन्द्र स्थापना गरी असार ९ गतेदेखि १५ गतेसम्म खोप लगाइने स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए। जिल्लाका १ लाख १ हजार ७५ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको र ४०२ जना स्वास्थ्यकर्मी खटाइने उनले बताए।
त्यसका लागि स्वास्थ्य कार्यालय पर्साले स्वास्थ्यकर्मीहरूलाइ अभिमुखीकरण तालिम पनि दिएको छ।
पर्साका निमित्त प्रमुख नवल किशोर साहले फाइजर खोपको प्रभावकारीता ९१ प्रतिशत रहेकोले ढुक्क भएर आफ्ना बालबालिकालाई खोप लगाउन अभिभावकलाइ आग्रह गरे। उनले यो अभियानमा ५ देखि ११ वर्ष सम्मका उमेर समूहका कोहि पनि बालबालिकालाइ नछुटाउन आग्रह पनि गरे।

प्रतिक्रिया लेख्नुहोस्