८ साउन, सिरहा । सिरहामा मिटरब्याजबाट पीडित भएको भन्दै एक समूहले प्रदर्शन गरेको छ ।
गोल बजारका सुदखोरका कारण दर्जनौं स्थानीयबासिन्दा घरबार बिहीन भएको उनीहरूको गुनासो छ ।
गृहमन्त्रालयले मिटर ब्याजीलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरे पनि कुनै कारबाही नभएकोमा उनीहरुले आक्रोशित छन् । प्रशासन नै मिटर ब्याज लिनेहरूसँग मिलेको उनीहरुको आरोप छ ।
आन्दोलनको नेतृत्व गरिरहेका संघर्ष दाहालले कानूनले गरिबको पक्षमा काम नगरे पीडितहरु कडा आन्दोलनमा उत्रिने चेतावनी दिए ।
प्रतिक्रिया लेख्नुहोस्