स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

अमलेखगञ्जवासी अझ पनि खानेपानीको अभाव खेप्दै

SHARE:


माधुरी महतो
वीरगन्ज , साउन १२ : बारा जिल्लाको अमलेखगंजका केही बस्तीहरुमा पानीको अभावमा मानिसहरु बाच्नुपर्ने अवस्था छ ।

चुरेको फेदमै अमलेखगन्ज गाउँ छ, जहाँ करिब १० हजार वासिन्दा बसोबास गर्छन् । तर उनीहरू करिब ३ दशकदेखि खोलाकै धमिलो पानी पिउन बाध्य छन् र कतिपय गाउँमा त उक्त खोलाको पानी समेत पुग्न सकेको छैन ।

चैतदेखि जेष्ठ महिनासम्म खडेरी लाग्ने र असार देखी भाद्र ,असोज सम्म पानी पर्ने ,बाढी आउने हुँदा खोलामा पनि जान सक्ने अवस्था नरहने गरेको महिलाहरु बताउँछन् ।

उक्त क्षेत्र चुरेको फेदमै पर्ने भएपनि पानी नै नआउने र सुख्खा हुने गरेको कारण खासगरी महिलाहरुलाई भार पर्ने गरेको छ ।
पानीको मुहान सुख्दा विगत केही वर्षदेखी त्यहाँका महिलाहरु घर धन्दा गर्न र खानेपानीका लागि घण्टौसम्म हिडेर खोलाबाट पानी ल्याउन बाध्य छन् । जसका कारण महिलाहरुलाई विभिन्न किसिमको स्वास्थ्य समस्या देखीएको छ भने बालबालिकाहरुलाई स्वास्थ्य समस्या देखीनुको साथै पढाईमा समेत असर परेको महिलाहरु बताउँछन् ।

पानीकै अभावका कारण त्यहाँ कुनै व्यवसाय तथा कलकारखाना नरहेको कारण आर्थिक अभावमा पनि पुरुषहरु प्राय हात मुख जोर्न विहानै कमाउन जिल्ला बाहिर निस्किने गरेको र अधिकाशं पुरुष रोजगारीको शिलशिलामा विदेशीएका पनि छन् ।

त्यसैले पानीको जोहो गर्न महिला तथा बालबालिकाहरु विहानदेखी नै लागि पर्छन् । वर्षायाममा फुट्ने स–साना संरक्षण गरीएका पानीको मुहान पनि हिउँदमा सुक्ने हुँदा सुख्खायाममा उनीहरुको दुःख अझै बढ्ने गरेको स्थानीयको अनुभव छ ।

पर्यटकीय एव् एतीहासिक दृष्टिकोणले स्थानको महत्व भएपनि पानी अभावकै कारण त्यहाँ खेतीपाती होस् वा गाईवस्तु पाल्ने वा कुनै व्यवसाय वा होमस्टे वा होटल संचालनको सम्भावना भएपनि केही विकास हुन सकेको छैन । महिलाहरुमा सिप हुँदाहुँदै पानीले नै महिलाहरुको आर्थिक विकास छेकेको बताउँछन् ।

 

पानी ओसार्नकै लागि डेढ २ घण्टा समय लाग्छ । सयौँ घरधुरीका महिला पुरुषहरु पानी बोकेर उकालो चढ्नुपर्ने बाध्यता छ । स–साना बालबालिका पनि पानी ओसारिरहेको दृश्य त्यो क्षेत्रमा देख्न सकिन्छ ।

यसरी विगत केही वर्षदेखी आएको पानीको समस्याले महिला पुरुषहरु नै बढी प्रताडीत भएपछि उनीहरुले पानी पर्दा पानीलाई स साना पोखरी जस्तो बनाएर केही पानी संचित गरेर काम चलाउने गरेको पाईन्छ । तर त्यो पानी पिउन योग्य नरहेको देखीन्छ ।
उतm स्थानमा राष्ट्रिय खानेपानी योजना नै रहेको सुनिन्छ तर हालसम्म समस्या ज्युका त्यु छ ।

स्थानीय रमिता थापाले विवाह गरेर आएको समय अर्थात करीब २९ वर्षदेखी पानीको समस्या झेल्दै आएको सुनाउँछिन् । पानीको लागि कहिले खोला त कहिले कता जानुपर्ने अवस्था रहेको गुनासो गर्दै खासगरी महिलाहरुलाई कम्मर दुख्ने , घुँडा दुख्ने ,पाठेघरको समस्या लगायतका शारीरीक समस्या देखापर्दा स साना बालबालिकालाई समेत पानीको जोहोको लागि पठाउनुपर्ने अवस्था सिर्जना हुने गरेको दुखेसो पोख्छिन् ।

स्थानीय २५ वर्षिय निशान थापाले पानीको लागि धेरै समस्या भएको र सानै देखी फोहोर पानी पिउन बाध्य भएको बताँउछन् । विधालय , घर वा कार्यालय जाँहा पनि पानीकै समस्या हुदै आएको उनको कथन छ ।

उनले भने , “जारको पानी किनेर खानु परेको अवस्था छ । आर्थिक भार पर्नुका साथै काममा जान ,खाना पकाउन ढिलो हुने समस्या त छदैछ । पानी लिन जाँदा प्राय विधालय कलेज छोड्नुपर्ने अवस्था हुन्छ । ”

अमलेखगंजको ऐतिहासिक महत्व

पहिला भिक्षाखोलि नामले चिनिने उक्त स्थानमा राणा प्रधानमन्त्री चन्द्रशम्शेरले आफनो पालामा नेपालको सबै भन्दाबढी सालको विभिन्न प्रजातीका रुख विरुवा पाईने स्थानमा दास प्रथालाई उन्मुलन गरी अमलेख गरी राखिएकोले उक्त ठाउँलाई पछि अमलेखगंज भनेर नामाकरण गरीएको ईतिहास छ । दास प्रथा उन्मुलन भएपनि आफुहरुलाई राज्यले मानिसको जीवन तथा विकासका लागि चाहीने सबै भन्दा महत्वपुर्ण तत्र्व पानी’ नै दिन नसक्दा आफुहरु हेपीएको महशुश हुँदै आएको गुनासो पोख्छन् ।

अमलेखगंजको महत्व ओझेलमा

पानीको अभावमा धार्मिक , सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको अमलेखगंज ओझेलमा पर्दै गएको छ । ८ दशकअघि गुल्जार शहरको रुपमा नेपालमा तथा छिमेकी देश भारतमा परिचित धार्मिक ,सांस्कृतिक तथा ऐतिहासिक सहर बाराको अमलेखगञ्जमा पर्यटकहरुलाई पानीको समस्या रही आएको छ ।

तराईमा पर्यटनको बलियो आधार बनेको अमलेखगञ्जमा आन्तरिक तथा बाह्य पर्यटकहरुले पानीकै कारण आन्तरिक र बाह्य पर्यटकले अमलेखगञ्जलाई छोटो घुमाइको गन्तब्य बनाउने गरेको स्थानीय व्यवसायी बताउँछन् ।

आकर्षणको केन्द्र बनेको पर्सा राष्ट्रिय निकञ्ज लगायत विभिन्न दह, हाती सफारी, जंगल सफारी लगायत चुरीयामाई ,थानीमाई मन्दिर पनि अमलेखगञ्ज र आसपास नै रहेकाले पानी नहुँदा पर्यटन व्यवसाय पनि ओझेलमा पर्दै आएको छ ।

अमेलेखगंजको स्थानीयवासी समेत रहेकी प्रतीनीधी सभा सदस्य मधु शाही ठकुरीले पानीको अभावकै कारण कलकारखाना होटेल केहीको पनि विकास हुन नसकेको बताउँछिन् । उनले विकासको भरपुर सम्भावना र योजना भएपनि पानी अभावकै कारण विकास रोकीएको र युवाहरु बेरोजगार नै रहेको सुनाउँछिन् ।

उनी भन्छिन् , पानी अभावमा महिला पुरुष सबै पिडित छन् । तर सबै भन्दा बढी महिला पिडित छन् । बालबालिका हेर्नु , पानी लिन जानु , थोरै पानीमा घर व्यवहार चलाउनु , पानी भर्न जाँदा भाडा समेत धेरै तिरेर जानुपर्ने । कामकाजी महिलाहरु बािहर काम गर्न जान जहिले ढिला हुने म्हिला पुरुष बालबालिका सबै पिडित छन् ।

पहिला जरुवा पानी कहिले नसुक्ने पानीको मुहान थियो । तर हाल प्रत्येक वर्ष पानीको कमी हुँदै गएको छ । अमलेखगंजमा तेल पाईप मार्फत आउन सक्छ भने पानी किन आउन नसक्ने भन्दै धेरै प्रयास गरीयो तर पर्याप्त अध्ययनको कमी महशुश गरीएकोले यसको बैज्ञानिक तवरले अनुसन्धान हुन जरुरी देखीन्छ । ”

पानीको व्यवस्थापनमा समस्या

शिव राज ठाकुर पुर्व खानेपानी उपभोग्ता समितिको अध्यक्ष हुन् । उनी भन्छन् , पानीको समस्या आज भोलिमा भएको होईन । यो करीब ३० वर्षदेखी यहाँका मानिसहरु झेल्दै आएको अनुभव छ ।

६८ वर्षिय ठाकुर भन्छन् , भावर क्षेत्रमा झन् पानी हुनुपर्ने तर बन विनास, चुरेमा गिट्टी बालुवा उत्खनन् तथा चुरे क्षेत्रमै विभिन्न संरचना निर्माण लगायतका कारण पनि धेरै असर परेको पछिल्लो घटनाक्रम र पानीको अभावले पुष्टि गरीरहेको अनुभव सुनाँउछन् । ”
अमलेखगंज खानेपानी उपभोग्ता समितिका  नारायण लामिछानेले २०५३ सालमा ५ सय भन्दा बढी पाईप धारा मार्फत पानी ल्याउने पुर्याउने प्रयास गरीएको तर सम्भव भने हुन नसकेको भन्छन् ।

विज्ञहरु आएर पानीको वितरण बारे अनुसन्धान गरेर गएको तर सम्भव नभएको उनले बताउँदै पहिला ५० फिटसम्म पनि सजिलै पानी आउने गरेकोमा हाल २५० फिट सम्ममा पनि पानी नआएको तर मेशीन समेत तलसम्म पुग्दा भाच्चिएको उनी सुनाउँछन् । त्यसपछि मेशीन बन्न गएको तर हालसम्म समस्या ज्युँका त्युँ रहेको उनको कथन छ ।

पानीको अभावमा खेतीयोग्न जमिन बाँझो र चौतर्फी विकास अवरुद्ध
महिलाहरुले पानी अभावमा पशुपंक्षी समेत पाल्न नसकिएको बताउँछन् । उनीहरु तरकारी खेती लगायत सबै खेती हुने खालका सयौँ विगाहा गुणस्तरीय माटो भएका खेतीयोग्य जग्गामा पानीकै अभावका कारण प्राय बाँझो रहेको बताए ।

सुनिता देवी भन्छिन् , ‘पानीको त अभाव नै अभाव छ । चुरेको खोलामा पुगेर पानी ल्याउनुपर्ने हुन्छ अनि बाढी आएको बेला धेरै दिन पानी नै नपाएर फोहोर पानी खानुपर्ने अवस्था छ । बस्तुभाउ खेतीपाती केही पनि छैन । जसकारण खाध्य संकट त छदैछ पानीको त समस्यै समस्या छ । र घरका प्राय सबैजसो जिल्ला बाहिर र देश बाहिर नै कमाउन जानुपर्ने बाध्यता छ । ’

खोला हुँदै पाईप मार्फत पानी तान्न खोजिएपनि स्थानीय जुतिmले खासै काम गर्न नसकेको स्थानीय बताउँछन् । स्थानीय राजेन्द्र शाही ठकुरीले पानीको अभावका कारण आफनो ८ विगाहा भन्दा बढी खेतीयोग्य जमिन बन्जड भएको अवस्था रहेको बताउँछन् ।

वर्षाै अगाडी पानीका लागि बनाईएको पानी राख्ने ट्यांकीमा पनि चाहीने जति पानी कहिले पुर्याउन सकेको अवस्था हालसम्म छैन । स्थानीय वासी भन्छन् ,‘भारतको मोतिहारीबाट रक्सौल हुँदै जमिनमुनि पाइप राखेर अमलेखगन्जमा इन्धन आउन सक्ने , तर नजिकै रहेको छिमेकी गाउँ पथलैयाबाट पिउने पानी पाइपबाट ल्याउन किन सकिएको छैन ।

ठुल्लठूला पूर्वाधार बनाउन करोडौ खर्चेर सरकार अघि सरेको बेला अमलेखगन्जमा डिप बोरिङ गाडेर मानिसलाई नभई नहुने जीवन बाँच्ने आधार पानीको व्यवस्था गर्न सक्दैन ।’

होटल व्यवसायीको दुःखेसो

अमलेखगंजमा राष्ट्रिय निकुञ्ज संगै जोडीएर होटल व्यवसाय गरेका व्यवसायीहरुले पनि आफनो दुखेसो पोख्दै त्यहाँ, पानी र खानेपानीकै अभावका कारण कुनै पनि व्यवसाय गर्न नसकिएको कारण आर्थिक समस्याबाट पनि उत्त्किै गुज्रिनुपरेको भन्छन् । टाढा रहेको मुहानको पानी ल्याएर वितरण गर्दा खर्चिलो छ ।

 

अल्पकालिन समाधानका लागि खोलाबाट पाईप मार्फत पानी ल्याउने कार्यमा पनि वर्षायाममा बाढीले पाइप बगाँउदा वर्षेनी अवरोध हुँने गरेको छ । समय–समयमा आयोजना मर्मत गर्नुपर्ने हुँदा मर्मत सम्भार पनि खर्चिलो हुने हुँदा त्यो पनि सम्भव नभएको पाईन्छ ।

यो ठाउँमा खानेपानीको उचित प्रबन्ध नहुँदा लागनीकर्तहरु पनि डराएका छन् । होटल तथा पर्यटन व्यवसायी महासंघका केन्द्रि प्रतीनीधी मोहन शर्मा लामिछानले अमलेखगंजमा करिब १ अर्ब रुपैयाँ होटल व्यवसायमै लगानी गरीसकिएको तर पानीको चरम अभावको कारण व्यवसाय सञ्चालनमा समस्या उत्पन्न भएको बताउँछन् । पानी किनेर सबै काम गर्नुपर्ने हुन्छ जुन सम्भव नै छैन ।

व्यवसायीहरुका अनुसार खानेपानीको कुँनै बिकल्प न त केन्द्र न त प्रदेश सरकारले गर्न सकेको छ , न त स्थानीय सरकारले नैं । बाध्य भएर खोलाको पानी नैं खाने गरीएको तर पानी किनेर महगोँमा व्यवस्थापन गर्दै आउनु परेको छ । यता खोलाको र मुहानको पानी पउँने गर्दा स्थानीयहरु बिरामी समेत हुँने गरेका छन् । पानी रिचार्ज गरी तराईका फाँटलाई हराभरा, उर्वरयुक्त गर्ने भनिए पनि चुरे पहाड कै काँखमा रहेको यस बस्तीमा खानेपानीको समस्या सार्है दुःखदायी छ ।

के भन्छन् विज्ञ टोली ?

अरबौं डलर देशमा ,विभिन्न विकासको नाममा लगानी गरेको देखीन्छ तर जल व्यवस्थापनमा अझ तराईका ठाउँ ठाउँमा समस्या छ । विज्ञहरुका अनुसार चुरे क्षेत्रमा पर्ने वनजंगल विनाश तथा खोलाबाट गिट्टी बालुवाको अवैध उत्खनन्का कारण उक्त स्थानमा पानी नै नआउने गरेको कारण ठुलो लगानी गरेर खुलेका होटलहरु समेत बन्द भएको संचालकहरु बताउँछन् ।

‘पानीको अभाव हुनुको मुख्य कारणबारे जलवायु परिवर्तनमा पानी सम्बन्धी विज्ञ डाक्टर राजन थापा भन्छन् , तराईमा चुरे क्षेत्रमा पानीको अभावबारे अध्ययन गर्दा विगतमा ८० फिटसम्ममा पनि पानी आउने गर्दथ्यो तर हाल २५० फिटसम्म पनि पानी नआउने अवस्था छ ।’

उनी थप्छन् , ‘जनसंख्या वृद्धि हुँदै जाँदा ,पानीको माग पनि बढीरहेको, चुरेको विनाश, दोहन हुँदा ग्लोबल वार्मिंगका कारण अर्थात तापक्रममा वृद्धिले पानीको अभाव हुदै गएको तथा जमिन पुनि जति पानी पुग्नुपर्ने हो त्यती पानी पुग्न नसकेको पनि एउटा कारण हो । किनकी जलवायुमा परिवर्तन आई अचेल एकैपटक धेरै पानी पर्ने हुँदा सिधा खोला नदिनाला भई बग्ने तर जमिन मुनि पानी जान नसकेको तथा संचित हुन नसकिएरहेको अवस्था भएकोले पानीको अभाव हुँदै गएको अध्ययनले देखाएको छ ।’

पानी साम्भाव्यता बारे, विज्ञ टोलीको प्रतिक्रिया

विज्ञ टोलीले अध्ययन गरिरहेको र अन्य स्थानबाट पाईपलाईन मार्फत नै पानी ल्याउनुको विकल्प नरहेको विज्ञ टोलिले दिएको निश्कर्ष रहेको बताए । उनीहरुले वर्षाको वा खोलाको पानी संचितीको दीर्घकालिन व्यवस्थापनका लागि पनि सोच्नुपर्ने बताए ।

विगत केही महिना अघि मात्रै पानी पुर्याउने उद्देश्यले सम्भाव्यता अध्ययन समेत भएको छ । अध्ययनका क्रममा अमलेखगञ्ज क्षेत्रमा भूमिगत पानीको समेत अभाव रहेको प्राविधिकहरुले बताएको बुझिएको छ । डिप बोरिङ गर्दा अन्य स्थानमा पानी भेटिने तर अमलेखगञ्जमा पानी नभेटिएको तर अनुकुलताको लागि बैकल्पिक विधीबारे सुझाव दिएको विज्ञ टोलिको भनाई छ ।

 

मधेश प्रदेश सरकार र खानेपानी मन्त्रालयबाट विज्ञ टोलि हरेश खाएर फर्केर गए । २५० फिट सम्म पनि खन्दा पानी भन्दा चट्टान नै बाहिर आएपछि तीस फिट सम्म पुग्दा मेशीन भाच्चियो । ८ ईन्चको पाईप २८ मिटर तल गएपछि भाचियो । ग्यास पाईप फुटेर असफल भयो । तर हालसम्म पानी आएन ।

स्थानीय तह र प्रदेश सरकारको सक्रियता
अमलेखगन्ज, गाउँबाट उपमहानगर भएर आफैं स्थानीय सरकार भइसक्दा पनि आवश्यक नभई नहुने पानीको व्यवस्थापन हालसम्म भएन । जितपुर सिमरा उपमहानरगपालिकाले भने पथलैयाबाट पानी ल्याउने योजना प्रदेश सरकारबाट पारित गराउने प्रयास भइरहेको दावी गर्छ । पानी ल्याउने प्रयास नगरीएको होईन तर २५० फिटसम्म पनि पानी नआउँदा समस्या भएको नगरपालिकाका प्रतीनीधीहरुको भनाई छ ।

तर मधेश प्रदेशका खानेपानी तथा सिचाई मन्त्रि ओम प्रकाश शर्माले आफु मन्त्री भएदेखि नै अमलेखगंजमा पानीको अभावबारे चासो देखाउँदै बजेट छुट्याएरै नेपाल ईन्जिनीयर एसोसिएसन मार्फत विज्ञ टोलिलाई खटाई पानी उपलब्धताबारे अध्ययन अनुसन्धान गराएका छन् ।

मन्त्रि शर्माले भने , पर्यटकीय , बातावरणीय पक्षबाट राम्रो दृश्य र बातावरण भएको अमलेखगंजमा पानीको अभावमै विकास रोकीनु ठीक होईन । अमलेखगंजमा पानीको उपलब्धता गराईने प्रयासमा आफु अहिले पनि छु ।

पानी अभावमा बस्तीका मानिस र निकुञ्जका जनावर दुवै समस्यामा जलवायु परिवर्तनका कारणले पानीका मूल सुक्न थालेपछि मानव जीवनमा त त्यसको असर परेको छ नै तर वन, वनस्पति, वन्यजन्तु तथा समग्र जैविक विविधतामा पनि असर परेको विज्ञहरु बताउँछन् ।

वन जङ्गलमा पानीको अभाव भएपछि पानीकै लागि वन्यजन्तु जंगल बाहिर आउँदा मानिस र वन्यजन्तुबीच द्वन्द्व समेत पछिल्लोा बढेको विभिन्न अध्ययनले समेत देखाएको छ ।

 

यस्तै समस्याबाट गुज्रिनुपरेको छ , पर्सा राष्ट्रिय निकुञ्जलाई पनि । हाती , बाघ , हरीण लगायत विभिन्न जंगल जनावरको बासस्थानका साथै पर्यटकीय क्षेत्रको रुपमा पनि चर्चामा रहेको निकुञ्जमा पानी अभावकै कारण राम्रा योजनाहरुमा काम गर्न नसकिएको निकुञ्ज प्रमुख मनोज साह बताउँछन् ।

विश्वमै दुर्लभ मानिएका वन्यजन्तु बस्तीनजिक आउन थालेपछि चोरी सिकारीका घटना बढ्न थालेको र वन्यजन्तु माथि मात्र नभई संरक्षण अभियानमा जोखिम बढ्न थालेको निकुञ्ज प्रतीनीधी बताउँछन् ।

हाल बन संरक्षित क्षेत्रभित्र बन्यजन्तुको लागि कृत्रिम ताल पोखरीको पुनर्निर्माण गरी निकुञ्जले सञ्चालन गरिरहेको छ । पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख साहका अनुसार हाल बन्यजन्तुलाई बचाउने अभियान स्वरुप २५ वटा कृत्रिम ताल निर्माण गरीएको र बाहिरबाट ट्यांकरले पानी ओसार्नुपरेको बताए । त्यसका साथै वर्षाको पानी समेत पोखरी तालमा जम्मा गरी प्रयोगमा ल्याईने गरीएको बताए । तर उक्त व्यवस्था तथा उनले भने , विशेषगरी तराईका संरक्षित क्षेत्रभित्र पानीका स्रोत सुकेर वन्यजन्तुको संरक्षणमा चुनौती थपिएको छ । र पानी अभावका कारण पर्यापर्यटनमा पनि असर परेको छ । पानीका अभावमा सोचे जस्तो बन्यजन्तुको पनि संख्यामा कमी आएको छ । पानीको श्रोत व्यवस्थापनका लागि दीर्घकालिन योजनाको खाँचो छ ।संरचना समेत निर्माण भएको कारण पनि असर परेको देखीन्छ । ”

तराई क्षेत्र २० भन्दा बढी जिल्लाहरु मिलेर बनेको छ, जहाँ कुल नेपाली जनसंख्याको ४७ प्रतिशत मानिसको बसोबास छ । तराई क्षेत्रमा बसोबास गर्ने ९० प्रतिशत मानिसहरु पिउने पानीको प्राथमिक स्रोतको रुपमा भूःजल मा नै निर्भर छन्।
विज्ञहरुका अनुसार यस क्षेत्रका सबै जिल्लाहरु चाँडै नै त्यस्तै समस्याको सामना गन पर्ने अवस्था आउन सक्नेछ ।

 

त्यसैले तराई क्षेत्रका जनतालाई पर्याप्त मात्रामा सुरक्षित पानी पाउने सुनिश्चित गर्नको लागी चुरे क्षेत्रकै संरक्षण गर्नु अति आवश्यक रहेको विज्ञ थापा बताउँछन् । त्यसैले पानी व्यवस्थापनमा शिक्षा प्रदान गर्न वा क्षमता र सीप निर्माण गर्न ग्रामीण समुदायका मानिसहरुलाई पहुँचमा ल्याउन जरुरी छ ।

जलवायुमा आएको परिवर्तन तथा परेको असरबारे कुरा उठान हुँदै राष्ट्रिय वा अन्तराष्ट्रिय स्तरमै हिमाल पग्लीरहेको तथा विभिन्न तालबारे चर्चा ,छलफल तथा बहस भएपनि तराईमा जलवायु परिवर्तनकै कारण भईरहेको सुख्खा बारे पनि महत्वका साथ आवाज उठान गर्न आवश्यक देखीन्छ ।

The post अमलेखगञ्जवासी अझ पनि खानेपानीको अभाव खेप्दै appeared first on Madhes Khabar.



प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,60,news,653,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: अमलेखगञ्जवासी अझ पनि खानेपानीको अभाव खेप्दै
अमलेखगञ्जवासी अझ पनि खानेपानीको अभाव खेप्दै
https://i0.wp.com/www.madheskhabar.com/wp-content/uploads/2022/07/Khanepani-Amlekhjung-2.jpg?resize=456%2C257&ssl=1
Trilok Khabar
https://www.trilokkhabar.com/2022/07/blog-post_55.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2022/07/blog-post_55.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content