१३ साउन बीरगञ्ज । बीरगञ्जको मुख्य भन्सार नाकामा रहेको प्रहरी चौकी इनर्वाका प्रमुख वरिष्ठ सइ हिमाल भण्डारीले स्रोत नखुलेको रकम सहित पक्राउ परेका एक युवकको रकम बाट भाग बन्डा गरि छोडेको रहस्य खुलेको छ ।
गत साउन ८ गते दिउँसो अनुमानित १:३० बजे रक्सौल तर्फ बाट आउदै गरेका एक युवक स्रोत नखुलेको ८ लाख ८७ हजार रुपैया सहित पक्राउ परेका थिए ।
बिरगंजको मुल भन्सार नाका शंकराचार्य गेट नजिकको नियमित चेकजाँचको क्रममा एक प्रहरी हवल्दारकोले उक्त युवकलाई पक्राउ गरि चौकी प्रमुख भन्डारि समक्ष पेश गरेका थिए ।अबैध रकम सहित पक्राउ परेका युवक लाई प्रमुख भन्डारि समक्ष पेश गरे पछि सइ भन्डारिले पक्राउ परेको रकम ८ लाख ८६ हजार रुपैया बाट रु ३ लाख राखी बाकिको रकम सहित युवकलाइ छोडे पछि उक्त सुचना टाइगर टोलि समक्ष चुहिएको थियो ।
पक्राउ परेका युवा छुटे पछि आफ्नो बटो हुँदै शसस्त्र प्रहरीको चेक प्वाइन्ट सम्म पुग्न नपाउदै उक्त युवकलाइ टाइगर टोलिले पक्राउ गर्न खोजे पछि आफ्नो कार्य क्षेत्रमा नेपाल प्रहरी लाई पक्राउ वा चेकजाच गर्ने अधिकार नभएको भन्दै शस्त्र प्रहरीले अवरोध गर्दा उक्त युवक भाग्न समेत सफल भएको स्रोतले जनाएको छ ।
सो ठाँउमा उक्त युवकलाई पक्राउ गर्ने बिषयमा नेपाल प्रहरीको टाइगर टोलि र शस्त्र प्रहरीको टोलि बीच केही समय घम्सा घम्सी समेत भएको थियो ।
यसरी जे गरेर भएपनि पैसा कमाउने उदेश्यका साथ इनरुवा प्रहरी चौकी प्रमुख भएर गएका भन्डारिको कर्तुतका बारेमा माथिलो निकायका उच्च प्रहरी अधिकारीहरु संग गुनासो गर्दा प्रहरी प्रधान कार्यालय बाट नै कमाउ नकाहरुमा पठाइ दिने गरेको कारण यो समस्या आएको बताए ।

प्रतिक्रिया लेख्नुहोस्