मधेसखबर
वीरगन्ज,२३ साउन ; भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले नेताको नाम लिएर विकास निर्माणमा बेथिति निम्त्याउने ठेकेदारलाई तह लगाउने चेतावनी दिएका छन् ।
सोमबार प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री राईले नेताको नाम लिएर ठेकेदारहरुले दादागिरी गरेको आरोप लगाए ।
उनले मन्त्रालयले त्यस्ता ठेकदारहरुको खोजी गरिरहेको भन्दै समयमा काम नसक्ने ठेकेदारलाई नछोड्ने टिप्पणी गरे ।
उनले भने ‘को कसको को कसको भन्ने ठेकेदारहरुले विभिन्न नेताहरुको खोल ओडेर बेथिति निम्त्याएका छन् ,हामी त्यसको खोजी गर्दैछौं , विस्तारै ठीक पार्छौं’ ।
The post नेताको आडमा काम नगर्ने ठेकेदारलाई ठिक पार्छौ : मन्त्री इस्तियाक राइ appeared first on Madhes Khabar.
प्रतिक्रिया लेख्नुहोस्