मधेसखबर
वीरगन्ज , २१ साउन : वीरगन्जमा शनिबार हिन्दू स्वयंसेवक संघ नेपाल पर्साको आयोजनामा गुरु पूर्णिमाको अवसरमा गुरु दक्षिणा उत्सव मनाईएको छ । वीरगन्न्जको आदर्शनगर स्थित जैन भवनमा आयोजित उत्सवमा सहभागी हिन्दु स्वयंसेवकहरूले परम पवित्र भगवद्ध्वजको पूजन गरी गुरुपूर्णिमा मनाएका हुन् ।
उत्सवमा सहभागि स्वंयसेवकहरुले गुरुको रूपमा ज्ञान, त्याग, सौर्य जस्ता तत्त्वका प्रतीक रूपमा स्थापित परम् पवित्र भगवाध्वजलाई विधिवत् पूजन गर्दै पवित्र संघकार्यको लागि आफूले सञ्चय गरेको दक्षिणा ‘गुरुदक्षिणा’का रूपमा समर्पण समेत गरे ।
कार्यक्रममा राष्ट्रिय स्वयंसेवक संघ भारत पूर्व उत्तर प्रदेशका बौद्धिक शिक्षण प्रमुख श्री मिथलेश नारायण जीले गुरुपूर्णिमा पर्वको महत्व, गुरुदक्षिण र भगवा ध्वजलाई गुरुका रूपमा स्थापित गरिनु पछाडिको आवश्यकता र उद्देश्य बारे स्पष्ट पारेका थिए ।
उनले आफनो धर्मको सम्मान रक्षाको निम्ती विश्वको हिन्दूहरु संगठित हुनुपर्ने बताए । हिन्दू धर्मले कुनै एक धर्म समुदायको नभइ विश्वका सम्पूर्ण धर्म र मावनताको सम्मान गर्दै आएको भन्दै उनले तर केहि विधर्मीहरुले हिन्दूलाई यसको कमजोरीको रुपमा लिने गरेकोले आफनो धर्मको सम्मान र रक्षाको निम्ती सम्पूर्ण हिन्दूहरु एकजुट हुनै पर्ने उनले बताए ।
हिन्दू स्वयंसेवक संघ वीरगन्ज नगर संघचालक रामलक्षण जीको अध्यक्षतामा आयोजित कार्यक्रममा संघका राष्ट्रिय प्रचारक वेद प्रकाश जी, राष्ट्रिय संघ सम्पर्क प्रमुख अशोक बैद्य, संघका जनकपुर सम्भाहक रन्जीत साह, विभाग संघ चालक ललन द्धिवेद्धी लगायत वीरगन्जका वरिष्ठ समाजसेवी तथा उद्योगि, व्यवसायी, कर्मचारी एवं स्वयंसेवकहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
The post वीरगन्जमा हिन्दु स्वयंसेवक संघले मनायो गुरुदक्षिणा उत्सव appeared first on Madhes Khabar.
प्रतिक्रिया लेख्नुहोस्