स्क्रोरल विज्ञापनको लागि सम्पर्क गर्नुहोस्

$type=ticker$count=12$cols=4$cate=0$show=home

$type=list-tab$date=0$au=0$c=1$comment=hide$show=home

$type=one$count=1$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=slider$snippet=hide$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

$type=blogging$count=2$cate=0$author=hide$comment=hide$date=hide$readmore=show$show=home

$type=sticky$count=4$cate=0$author=hide$comment=hide$date=hide$readmore=hide$show=home

काङ्ग्रेस र एमालेका कारण देशमा बेथिति बढ्दो –अध्यक्ष यादव

SHARE:

वीरगंज, १६ भदौ/
जनता समाजवादी पार्टी नेपालको 'जनतासँग जसपा नेपाल' नारासहित एक दिने अभिमुखीकरण कार्यक्रम आइतवार वीरगंजमा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशभरि पार्टी र शक्ति निर्माणको लागि यो अभियान चलाइएको बताए । उनले जसपा नेपाल परिवर्तनकारी पार्टी भएको र अहिले पार्टीलाई मजबूत बनाउनुपर्ने आवश्यकता रहेको बताए । उनले यही कुरालाई ध्यानमा राखी जसपा नेपालले चार महीने अभियान शुरू गरेको बताए । उनले गाउँ, शहरका टोलटोलमा यो अभियान सञ्चालन हुने बताए ।

उनले देशमा बहुदल आएको साढे तीन दशक भयो र यस अवधिमा नेका र एमाले तथा माओवादीले सत्ताको बागडोर सम्हाल्दै आएका कारण देशमा बेथिति बढेको आरोप लगाए । मधेसीले भने सङ्घीयता आएपछि अधिकार पाएको र यसको प्रमुख कारण मधेस आन्दोलन भएको उनले बताए । अहिले मधेसीका छोराछोरी शासन र प्रशासनमा कोटाको आधारमा आफ्नो नाम निकाल्न सकिरहेका र यसको कारण पनि मधेस आन्दोलन नै भएको उनले बताए । उनले नेका, एमाले र माओवादीका कारण देशमा भ्रष्टाचार बढेको, कुशासन शुरू भएको र अनियमितता अनि लुटतन्त्र मचेको आरोप लगाए । उनले आम नेपालीको नैसर्गिक अधिकार शिक्षा र स्वास्थ्यमा पनि चरम बेथिति रहेको र यी क्षेत्रको विकासका लागि पनि जनताले सडक तताउनुको विकल्प नरहेको बताए ।

उपाध्यक्ष राजकिशोर यादवले पनि नेका, एमाले र माओवादीकै कारण देश बिग्रिएको आरोप लगाए । उनले विगत हेरी अहिले जसपा नेपाल धेरै सच्चिएर अघि बढिरहेको बताए । उनले पार्टीभित्रका असहमतिलाई छलफलको माध्यमबाट मत्थर गरिने र नेता, कार्यकर्ताको मनोभावनाअनुरूप पार्टी अघि बढने दाबी गरे ।

महासचिव एवं मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबू राउत गद्दीले जसपा नेपाल छाडेर जानेहरू अहिले दुर्गतिको शिकार भएको दाबी गरे । उनले चरम व्यक्तिगत स्वार्थसिद्ध गर्न केही व्यक्तिहरूले पार्टी फुटाएका र उनीहरूलाई मधेसी जनताले आगामी दिनमा बहिष्कार गर्ने बताए । उनले पार्टीभित्रको अन्तरविरोध नभएर कुर्सी र सत्ताको लागि नितान्त व्यक्तिगत स्वार्थका लागि पार्टी फुटाएको आरोप लगाए ।

प्रदेश अध्यक्ष बालकिशोर यादवको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष्F गोविन्द चौधरी, मृगेन्द्र यादव, महासचिव रामकुमार शर्मा, दीपक कार्कीलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा पर्सा अध्यक्ष रामनरेश यादवले स्वागत गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

 यो समाचार पढेर कस्तो अनुभव भयो ?

neelambads
Name

ad,12,article,5,business,16,feature,18,main news,60,news,653,photo,21,recent,1,sports,9,
ltr
item
Trilok Khabar: काङ्ग्रेस र एमालेका कारण देशमा बेथिति बढ्दो –अध्यक्ष यादव
काङ्ग्रेस र एमालेका कारण देशमा बेथिति बढ्दो –अध्यक्ष यादव
https://blogger.googleusercontent.com/img/a/AVvXsEiE6DJZFJ1KEPskpG9m5jrU5MpXw-xJ-GIZ94FZ8Q-bD4M-zOqrvaA02Gu3ydsgiO7jrl2o-JEELEex5UxfEopfhH25Rfgc8U08KwmmfIVd9-ciqvdb0733a94W-6DscC5Qvo2Zf8rm6sdabe2JihU2W8OD6Bd9OyZPeWriUUabSSu26M4RgtNEGQR9dkMV=s320
https://blogger.googleusercontent.com/img/a/AVvXsEiE6DJZFJ1KEPskpG9m5jrU5MpXw-xJ-GIZ94FZ8Q-bD4M-zOqrvaA02Gu3ydsgiO7jrl2o-JEELEex5UxfEopfhH25Rfgc8U08KwmmfIVd9-ciqvdb0733a94W-6DscC5Qvo2Zf8rm6sdabe2JihU2W8OD6Bd9OyZPeWriUUabSSu26M4RgtNEGQR9dkMV=s72-c
Trilok Khabar
https://www.trilokkhabar.com/2024/09/blog-post_8.html
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/
https://www.trilokkhabar.com/2024/09/blog-post_8.html
true
4752117234170179207
UTF-8
Loaded All Posts Not found any posts सबै हेर्नुहोस विस्तृतमा पढ्नुहोस Reply Cancel reply Delete By होमपेज PAGES POSTS सबै हेर्नुहोस उस्ता उस्तै खबर LABEL ARCHIVE खोज्नुहोस ALL POSTS Not found any post match with your request Back Home Sunday Monday Tuesday Wednesday Thursday Friday Saturday Sun Mon Tue Wed Thu Fri Sat January February March April May June July August September October November December Jan Feb Mar Apr May Jun Jul Aug Sep Oct Nov Dec just now 1 minute ago $$1$$ minutes ago 1 hour ago $$1$$ hours ago Yesterday $$1$$ days ago $$1$$ weeks ago more than 5 weeks ago Followers Follow THIS PREMIUM CONTENT IS LOCKED STEP 1: Share to a social network STEP 2: Click the link on your social network Copy All Code Select All Code All codes were copied to your clipboard Can not copy the codes / texts, please press [CTRL]+[C] (or CMD+C with Mac) to copy Table of Content