वीरगंज, १८ पुस । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीको नवनिर्मित दुर्ई कोठे पक्की भवनको उदघाटन गाउँँपालिका अध्यक्ष दिनेश कुमार चौधरीले गरेका छन् ।
गापाको दश लाख आर्थिक सहयोगमा निर्माण भएको गापा अध्यक्ष चौधरीले जनाएका छन् ।
मन्तव्यको क्रममा गापा अध्यक्ष चौधरीले प्रहरी हाम्रो साथी हो, प्रहरी बिना हामी सुरक्षित महसुस गर्न सक्दैनौं भने । उनले रातभर जागेर नागरिकको सुरक्षाका लागि काम गर्ने प्रहरीको लागि वातावरण सहज बनाउन र आवश्यक भवन निर्माणको आवश्यकता पूरा गर्न पालिकाले यो बजेट छुट्याएको बताए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता, वडा नं. १ का अध्यक्ष विजय गैरे, गाउँँपालिकाका इन्जिनियर निर्मल सिंह, शिक्षा संयोजक शम्भु साह, बासु पंजियार, प्रदीप चौरसिया, भवन निर्माण उपभोक्ता समिति पटेर्वा सुगौलीका अध्यक्ष सत्यनारायण साह रौनियार लगायतको उपस्थिति थियो ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रमुख मोहनजंग बुढाथापाले भवन निर्माणका लागि पालिकाले गरेको सहयोगप्रति आभार व्यक्त गरे ।

प्रतिक्रिया लेख्नुहोस्